अन्तर्राष्ट्रिय साहित्य सम्मेलन इलाममा

इलाम, १४ फागुन । अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको अवस्था कस्तो छ । नेपाली साहित्यले अन्तर्राष्ट्रियस्तरमा कस्तो मूमिका खेलिरहेको छ भन्ने विषयमा वृहत छलफल गर्न इलाममा आज अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन शुरु भएको छ ।
विश्वभरका साहित्यकारहरुको अनुभव साटासाट गर्ने उद्देश्यले आयोजित सम्मेलनको इलाम नगरपालिकास्थित गौतम बुद्ध सभागृहमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले गरेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले विश्व साहित्यको क्षेत्रमा नेपाली साहित्यको अवस्था, साहित्य क्षेत्रको संरक्षणमा खेल्नुपर्ने भूमिका लगायतका विषयमा गहन रुपमा छलफल गरी नेपाली साहित्यको वर्तमान अवस्थाबारे ‘इलाम घोषणापत्र’ जारी गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन्  । सम्मेलनमा नेपाली पत्रकार तथा गद्यकार किशोर नेपाल, आयोजक संस्थाका अध्यक्ष युद्धप्रसाद वैद्यलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न देशहरुमा बसोबास गर्ने करिब डेढ सय नेपाली भाषी, लेखक, साहित्यकारहरुको सहभागिता रहेको छ । सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश, थाईल्याण्ड, अमेरीका, युरोप, बेलायत लगायतका स्थानहरुमा बसोबासगरी नेपाली साहित्यलाई माया गर्ने साहित्यकारहरुको जमघट रहेको छ ।
सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका  सदस्या सचिव गंगाप्रसाद उप्रेती, बरिष्ठ समालचोक डा. तारानाथ शर्मा, डा. रामबाबु सुवेदी, रामप्रसाद पन्त, रञ्जना उदास, गायत्री श्रेष्ठ, प्राध्यापक राजेन्द्र सुवेदी, डा. खगेन्द्र लुइटेल, प्राज्ञ गीता केशरी, प्राज्ञ श्रवण मुकारुङ्ग, संगीतकार तथा गायक बुलु मुकारुङ्ग लगायतको उपस्थिती रहेको छ । यस्तै पत्रकार तथा साहित्यकार किशोर नेपाल, कवि तीर्थ श्रेष्ठ, साहित्यकार धिरेन्द्र प्रेमर्षी, नाटककार अशेष मल्ल, साहित्यकार महेश प्रसाई, डा. दुवसु क्षेत्री, साहित्यकार प्रेमबिनोद नन्दन, कवि सन्ध्या पहाडी, होमनाथ सुवेदी, नारायणप्रसाद हुमागाई, नरेन्द्र खनाल, लव गाउँले लगायतको समेत उपस्थिति छ ।

प्रतिक्रिया