डाँगी संसारकै होचा

काठमाडौं, १४ फागुन । गिनिज बुक अफ वर्ल्ड रेकर्डले नेपालका ७२ वर्षीय चन्द्रबहादुर डाँगीलाई विश्वको सबै भन्दा होचा व्यक्ति भएको जनाएको छ ।
डाँगीलाई गिनिज बुकको मुख्यालय लन्डनबाट काठमाडौं आएका प्रधान सम्पादक क्रेग ग्लिन्डेले तीन पटक उचाई नापेका थिए । डाँगीको उचाइ ५४ दशमलव ६ सेन्टिमीटर मात्रै रहेको गिनिज बुकले जनाएको छ ।
डाँगीको नाम लिनु अघि उनको स्वास्थ्य जाँच गरिएको थियो । नेपालका डाँगी विश्वमा हाल सम्म भेटिएकामध्ये सबैभन्दा होचा प्रमाणित भएको गिनिज बुकले जनाएको छ । डाँगी दाङ निवासी हुन् ।

फोटो फिचर ज्ञानेन्द्र कार्की , काठमाडौं ।

प्रतिक्रिया