गुप्ताको फैसला मधेस बिरुद्धः मधेसी मोर्चा

काठमाडौं, १४ फागुन । सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता मधेस आन्दोलन र संघीयतामा क्रियाशिल रहेकाले  मधेस आन्दोलन निस्तेज पार्न सर्वोच्च अदालते पक्षपाति फैसला गरेको आरोप लगाएको छ ।
सिंहदरबारमा आज बसेको मोर्चाको बैठक पछि जारी विज्ञप्तीमा मधेस आन्दोलन निस्तेज गर्न अध्यक्ष गुप्तालाई अपराधी सावित गरिएको दाबी गरिएको छ । ‘गुप्ता माथिको कारबाही अहिले मधेसी दलले उठाइरहेका संघीयतालगायतका विषयमाथिको प्रहार हो’, विज्ञप्तीमा भनिएको छ, ‘गुप्तालाई राज्यबाट शिलशिबद्ध तरिकाले प्रहार भएको छ ।’
गणतान्त्रिक फोरमका अध्यक्ष गुप्ता भ्रष्टाचार मुद्धामा सजाय पाएर कारागार चलान भएपछि त्यस बिषयमा धारणा बनाउन आज मधेसी मोर्चाको बैठक बसेको थियो ।
सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी मोर्चा शान्ति प्रक्रिया टुङगोमा पुराएर संविधान तोकिएकै समयमा बनाउने पक्षमा रहको बताए । उनले भने संविधान जारी नहुँदा सम्म मोर्चा सरकारमा रहने उल्लेख गरेका छन् । संविधानका लागि मोर्चाले सबै प्रकारको सहयोग गर्ने उनको भनाई छ ।
गणतान्त्रिक फोरमका सहअध्यक्ष राजलाल यादवले सरकार गठनका क्रममा भएका सहमति कार्यान्वयनका बिषयमा प्रधानमन्त्रीसँग छलफल भईरहेको भन्दै सहमति कार्यान्वनय नभए सरकार छाड्ने चेतावनी दिए । उनले मधेसी मोर्चासँग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिक्रिया