शिक्षामन्त्रालयमा शिक्षक र प्रहरीबीच झडप

  काठमाडौं, १४ फागुन । मुलुक भरीका बिद्यालयको पठन पाठन बन्द गराएर शिक्षा मन्त्रालय घेराउ गर्न पुगेका शिक्षक र प्रहरीबीच आज राधानीमा झडप भएको छ ।
झडपका क्रममा दुई दर्जन बढि शिक्षक घाईते भएका छन् । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा तीन दर्जन बढि शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरी र शिक्षकबीच केही समय झडप भएको थियो ।
अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने लगायतका बिभिन्न माग राखेर आन्दोलन गर्दै आएका शिक्षकले आज मुलुकभरीका बिद्यालयको पठन पाठन बन्द गराएका छन् । उता, सुर्खेतमा पनि शिक्षक र प्रहरीबीच झडप भएको छ ।
शिक्षामन्त्राय घेराउ गर्न गएका शिक्षकलाई पक्राउ गर्ने क्रममा भएको झडपमा दरबारमार्ग क्षेत्रको यातायात व्यवस्था केही समय प्रभावित भएको थियो ।

शिक्षामन्त्रालय घेराउका क्रममा शिक्षक । फोटो फिचरः देवकी विष्ट, काठमाडौं ।

 

 

प्रतिक्रिया