अविश्वास प्रस्तावबाट प्रधानमन्त्रीलाई हटाउनुपर्छः राणा

काठमाडौ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका छन् ।
राजधानीमा आज आयोजित साक्षात्कारमा अध्यक्ष राणाले प्रधानमन्त्री भट्टराई पूर्ण रुपमा असफल सावित भईसकेकाले हटाउनुपर्ने बाध्यता आएको दाबी गरे । ‘औचित्य समाप्त भएको प्रधानमन्त्री पदमा बसिरहनु मुलुकका लागि उचित हुँदैन ।’ उनले भने, ‘प्रधानमन्त्रीले आफै राजीनामा दिए उपयूक्त हुन्छ ।’
राणाले अवश्वासको प्रस्ताव ल्याएर हटाउने बिषयमा कांग्रेस र एमालेसँग कुरा भईरहेको दाबी गरे ।
तीन दलले शान्ति प्रक्रिया निष्कर्षमा पुरायाएर संविधान निर्माण हुन्छ भनेर धेरै पटक भने पनि केही काम हुन नसकेको राणाको भनाई थियो । उनले जेठ १४ गते संविधान नआए मुलुकमा अकल्पनीय संकट आउने चेतावनी दिए ।

प्रतिक्रिया