सेयर धितो कर्जा पौने दुई अर्बले घट्यो

काठमाडौ, १३ फागुन । वाणिज्य बैंकहरुको सेयर धितो कर्जा एक अर्ब ६८ करोड रुपियााले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा सात अर्ब १३ करोड ९१ लाख रुपिया बराबरको सेयर धितोबापत कर्जा गएकामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पााच अर्ब ४५ करोड २५ लाख रुपिया मात्र सेयर धितो कर्जा गएको छ । तीन वर्षदेखि लगातार सेयर मूल्य घट्न थालेकाले सेयर धितोबापत गएको कर्जामा गिरावट आएको हो ।
सेयर बजारमा निरन्तर आएको गिरावटका कारण नै सेयर धितोमार्फतको कर्जा घटेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । सेयर बजारमापक नेप्से परिसूचक १ एक हजार एक सय ७५ सम्म पुगेको अवस्थामा सेयर धितो कर्जामार्फत १० अर्बभन्दा बढीको कर्जा गएको थियो । हाल नेप्से परिसूचक तीन सयको हाराहारीमा रहेको बेला सेयर धितोमार्फत जाने कर्जा घट्नु स्वाभाविक नै रहेको प्रमुख कार्यकारी अधिकृत पौडेल बताउाछन् । उनले भने, ‘नेप्से परिसूचक नै घटेपछि एक चौथाइ सेयर धितो कर्जा त स्वतः घट्ने भैहाल्यो नि ।’ चालु आर्थिक वर्षको ६ महिनामा ३० बैंकको वित्तीय विवरणमध्ये ६ वटा बैंकको सेयर धितो कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ । चार वाणिज्य बैंकले सेयर धितो कर्जा नै उपलब्ध गराएका छन् तर नेपाल बैंकले अहिलेसम्म आˆनो वित्तीय विवरण सार्वजनिक गरेको छैन । लक्ष्मी बैंक, सेन्चुरी, किस्ट, कमर्ज एन्ड ट्रस्ट, नेपाल क्रेडिट एन्ड कमर्स  र सिभिल बैंकले सेयर धितो कर्जामा अघिल्लो वर्षका ६ महिनाको तुलनामा वृद्धि गरेका छन् ।
चालु आवको पहिलो ६ महिनामा सबैभन्दा बढी लक्ष्मी बैंकले सेयर धितो कर्जामा वृद्धि गरेको छ । बैंकले अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा पााच करोड ५९ लाख ८१ हजार रुपियाा बराबरको सेयर धितो कर्जामा वृद्धि गरेका हुन् । कृषि विकास बैंक, मेगा, नबिल, स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर धिर्ता कर्जा प्रवाह गरेका छैनन् । रकमका आधारमा सबैभन्दा बढी सेयर धितो कर्जा प्रदान गर्ने उत्कृष्ट पाच बैंकमा हिमालयन बैंक, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ र किस्ट बैंक रहेका छन् । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्त्यसम्ममा सबैभन्दा बढी ९१ करोड ७९ लाख ८३ हजार रुपिया सेयर धितो कर्जा प्रवाह गरेको छ ।
सबैभन्दा बढी सेयर कर्जा घटाउने बैंकमा प्राइम बैंक रहेको छ । यो बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २९ करोड ८० लाख ९५ हजार रुपियाा सेयर धितो कर्जा कम गरेको छ । सेयर धितो कर्जा अत्यधिक रूपमा घटाउने अन्य बैंकहरूमा एनआइसी, सिटिजन्स बैंक, बैंक अफ एसिया  र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

प्रतिक्रिया