निर्माताको दृष्टि राता दिनमा

 


काठमाडौं, ६ फागुन । कलिउडमा तीन चलचित्रको घम्साघम्सी छ यतिखेर । गत शुक्रबारदेखि चलचित्रहरू ‘मायाको बारीमा’, ‘मिस यु’ र ‘मजबुर’ बढीभन्दा बढी दर्शक तान्ने होडमा छन् । नयाा नेपाली चलचित्र हेर्न महिनौा कुर्नुपर्ने समयबाट गुजि्रादै आएको चलचित्र उद्योगले एकै दिन तीन चलचित्रको भिडन्त हेर्न पाउनु सुखद कुरा हो, तर त्योभन्दा महत्वपूर्ण हो व्यापार ।
हाल कलिउडमा वाषिर्क ६ दर्जनबढी चलचित्र बन्छन् । अत्यधिक मुनाफाको कुरा त परै जाओस्, तीमध्ये लगानी मात्र उठाउने निर्माताले पनि ठूलै युद्ध जितेजस्तो सन्तुष्टि लिने गरेका छन् । नाम र दाम दुवै कमाउने सौभाग्य केही चलचित्रलाई मात्र मिलेको देखिन्छ । यसमा गुणात्मकताको चर्चा अर्को पक्ष होला, तर निर्माताहरू आˆनो लगानी घाटामा जान नदिन क्यालेन्डरमा रातो चिहृन अथवा बिदाको समयमा चलचित्र हलमा पुर्‍याउन चाहन्छन् । सुनिन्छ, त्यसका लागि चलचित्र बनाउनभन्दा बढी कसरत हुने गर्छ रे Û
यसपालिका तीन चलचित्रको प्रदर्शनमा पनि बिदाको त्यस्तै संयोग जुरेको छ । शुक्रबारलगत्तैका तीन दिनमा क्यालेन्डरले रातो चिहृन लगाइदिएको छ । शनिबार साप्ताहिक बिदा अनि त्यसपछि प्रजातन्त्र दिवस र शिवरात्रि ।
चलचित्र ‘मायाको बारीमा’ दयाराम दाहालले निर्देशन गरेका हुन् भने ‘मिस यु’लाई पत्रकारिताबाट चलचित्र निर्देशनमा होमिएका सुरेशदर्पण पोखरेलले । त्यस्तै चलचित्र ‘मजबुर’ दीपक श्रेष्ठको निर्देशनमा तयार भएको हो । बिदाको दाउमा चलचित्र प्रदर्शनको च्यााखे थापेका यी चलचित्रबीच संयोग प्रदर्शन मितिको मात्र होइन, निर्माण र नाममा पनि मिलेको छ । यी तिनै चलचित्रका निर्माता पेसागत रूपमा चलचित्र क्षेत्रमै संलग्न छन् । ‘मिस यू’ नायक दिलीप रायमाझीले निर्माण गरेका हुन् भने ‘मजबुर’का निर्माता छायाकार डिक खड्का हुन् । ‘मायाको बारीमा’का निर्माता उद्धव पौडेल चलचित्र वितरक तथा हल सञ्चालक पनि हुन् । अनुभवी निर्माता पौडेलसाग अनुभवी हुने बाटामा पाइला टेक्न सुरू गरेका डिक र दिलीपको अप्रत्यक्ष युद्ध पनि सागसागै देखिन्छ ।
अर्काे संयोग हो- चलचित्रका नामको प्रारम्भिक अक्षरको । तीनै चलचित्र ‘म’ अक्षरबाट सुरू भएका छन् । ‘नामको संयोग मिलेका कारण चलचित्र एकैसाथ जुदाएका भने होइनौा’, ‘मिस यु’का निर्देशक पोखरेलले भने- ‘मैले पहिल्यै यो समयमा चलचित्र रिलिजको तयारी गरेको थिएा, पछि अन्य चलचित्र पनि आए ।’
केही संयोग मिले पनि तीन चलचित्रका विषयवस्तु र कलाकार भने फरक छन् । ‘मायाको बारीमा’ चलचित्रमा राजेश हमाल, करिस्मा मानन्धर, केकी अधिकारीका साथमा यशराज गरचनको मुख्य भूमिका छ । ‘सुन्दर मेरो नाम’, ‘जीवन मृत्यु’, ‘खुसी’जस्ता चलचित्र लगातार असफल हुनाको पीडापछि गोपीकृष्ण ब्यानरले निर्माण गरेको यस चलचित्रमा पारिवारिक एवम् प्रेमप्रसङ्गलाई मुख्य विषय बनाइएको छ । त्यसो त चलचित्र ‘मिस यु’ पनि प्रेमकथामै आधारित छ । केही समयअघि ‘सेक्स भिडियो’ का कारण विवादमा तानिएका जोडी नम्रता श्रेष्ठ र डिजे तान्त्रिक दुवै यस चलचित्रसाग जोडिएका छन् । तान्त्रिकले सङ्गीत दिएका छन् भने नम्रता नायिकाको भूमिकामा छिन् । तीन साथीको पे्रमकथामा आधारित बताइएको यो चलचित्रमा दिलीपका साथमा वरुण राणाको पनि मुख्य भूमिका छ । देशभरका केही स्टेसनबाट प्रदर्शनमा आएको यो चलचित्र निर्देशक पोखरेलको महत्वाकाङ्क्षी योजना पनि हो । उनले निर्देशन गरेको यसअगाडिको ‘कसलाई दिऊा यो जोवन’ व्यावसायिक दृष्टिले असफल भएको थियो ।
चलचित्र ‘मजबुर’को कथा भने फरक छ । यसले प्रेमका साथ एक्सनलाई प्रथामिकता दिएको छ । यसमा विराज भट्ट र कृष्ण भट्ट दाजुभाइ एकसाथ नायककै भूमिकामा प्रस्तुत छन् । अनुष्का ढकाल पनि मुख्य भूमिका छिन् । बिदाका दिनमा यी चलचित्रले कति कमाइ गरे, आाकडा बिस्तारै थाहा होला । यिनले लगानीका क्रममा गरेको खर्च र दुःख बिर्साउने गरी मुनाफा कमाउलान् त ? त्योचाहिा जति बढी दिनसम्म स्वाभाविक रूपमा -कृत्रिम होइन) हलमा रहिरहन्छन्, त्यसैले देखाउनेछ । 

प्रतिक्रिया