दुलहीझैं सिंगारिएको छ धनगढी

सुदूरपश्चिममा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि सबै खेलाडी, प्रशिक्षक, अतिथि तथा निर्णायक आउने क्रम शनिबार सांझसम्म पनि जारी छ । धनगढीका प्रायः सबै होटल भरिएका छन् । उद्घाटनका लागि राष्ट्रपति उपस्थित हुने भएका कारण सडक सरसफाइको कामलाई अन्तिम समयमा पनि तीव्रता दिइएको छ । सुरक्षा व्यवस्था पनि त्यत्तिकै कडा बनाइएको छ ।
धनगढीका चोकचोकमा स्वागतद्वार बनाइएका छन् । दुलहीभैFm सिागारिएको धनगढीमा मान्छेको चहलपहल बढ्दो छ । होटल अभावका कारण थुपै्रलाई पूर्वनिर्धारितभन्दा फरक होटल तथा निजी र सरकारी गेस्ट हाउसमा राखिएको छ ।
उद्घाटनका लागि सुदूरपश्चिमका संस्कृति झल्काउने झांकी प्रदर्शनको तयारी गरिएको छ । यसका लागि प्रहरी र विद्यार्थी गरी तीन हजारको हाराहारीमा मानिस तयार छन् । समारोह व्यवस्थापन समितिका प्रमुख मनु शाहले उद्घाटन भव्य हुने र विगतको झझल्कोसमेत बिर्साउने बताए । राष्ट्रिय खेलकुदका लागि आवश्यक टर्च ओलम्पियन खेलाडी दीपक विष्टले आइतबार अत्तरियाबाट धनगढी ल्याइपुर्‍याउने कार्यक्रम छ ।
यहांका बासिन्दाले महोत्सवलाई सुदूरपश्चिमको गौरवका रूपमा लिएका छन् । स्थानीय व्यापारी राजीव सिंह खेलमहोत्सवमा आउने अतिथिलाई सेवासत्कारमा कमी हुन नदिने तथा खेलकुदलाई अविस्मरणीय बनाउनसके सुदूरपश्चिमको इज्जत बढ्ने बताउाछन् ।
समाजसेवी कलक खड्का पहिलोपटक ठूलो महोत्सव हुन लागेकाले सुदूरपश्चिमले नै गौरवको महसुस गरेको बताए । उनले भने, ‘यो महोत्सव उत्कृष्ट भए यसबाट सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा फरक हुनसक्नेछ ।’ सुदूरपश्चिमका लागि राष्ट्रिय खेलकुद आयोजना गर्न पाउनु गर्व महसुस भएको उनी बताउंछन् ।
थुप्र्रै स्थानीयवासी यस महोत्सवपछि खेलकुदमा नयां तरङ्ग आउने र पछि यसै क्षेत्रले खेलकुदमा योगदान गर्नसक्ने मत पनि व्यक्त गर्छन् । पहाडी जिल्ला बझाङबाट खेलकुद प्रतियोगिता हेर्नका लागि धनगढी आइपुगेका सञ्चारकर्मी जगदीश रोकाया यो महोत्वसवका कारण सुदूरपश्चिममै खेलकुदको चहलपहल पछिसम्म बढ्ने बताउंछन् । रोकायाजस्तै अन्य थुप्रै स्थानीय युवा सुदूरपश्चिमले यो अवसर पाउनाले यस क्षेत्रको खेलकुदलाई नै महत्वपूर्ण परिवर्तन गर्नसक्ने बताउाछन् ।
खेल उद्घाटन तथा अन्य व्यवस्थापनका लागि मन्त्री रोका, सदस्य-सचिव युवराज लामा र आपूर्ति मन्त्री लेखराज भट्टलगायत धनगढी आपुगेका छन् भने अन्य विशिष्ट व्यक्तित्व एवम् पदाधिकारी आउने क्रम जारी छ ।

प्रतिक्रिया