बिबादित मुद्दा थाती राखेरै संविधान आउछः ओली

काभ्रे १३, फागुन । एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले जेठ १४ भित्र संविधान सभाका विवादित मुद्दाहरुमा सहमति जुट्न सकेन भने पनि विवादित मुद्दाहरु थाती राखेर संविधान जारी गर्नुपर्ने बताएका छन् । नेता ओलीले माओवादीलाई हतियारबाट निशस्त्रीकरण र शिविरका लडाकुहरु खाली गरेर मात्रै संविधान जारी गर्नु पर्ने बताए । ‘जसले जति वितण्डा मच्चाए पनि शान्ति प्रकृया टुङ्गिने र संविधान जारी हुनेछ’–उनले भने ।

एमाले काभ्रेको चौथो जिल्ला प्रतिनिधि परिषद्को शनिबार पनौतीमा उद्घाटन गर्दै नेता ओलीले सरकारले शनिबार मात्र बढाएको प्रेट्रोलियम पर्दाथको मुल्यवृद्धिको विरोध गरेका छन् । ‘यो सरकारले जनतालाई दुख मात्रै दिन्छ, जंगलमा हुँदा पनि दुखै दिएको थियो अहिले पनि दुख बाहेक केहि दिदैन’–नेता ओलीले भने ।
पुराण लगाउँदा व्रम्हाणले भन्ने कथा बाख्राको पाठोले भन्न नसक्ने उदाहरण दिदै नेता ओलीले सरकारलाई ब्यङ्ग गर्दै सरकारले एमालेको सहयोग र नेतृत्व बिना शान्ति प्रकृया र संविधान निर्माण गर्न नसक्ने बताए ।

प्रतिक्रिया