हिन्दू राष्ट्र बनाउन राप्रपा नेपालको रथ यात्रा

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकलाई हिन्दू राज्य बनाउन माग गर्दै दबाव स्वरुप चैत्र दोस्रो सातादेखि रथ यात्रा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिन्दू राज्यको माग गर्दै रथ यात्रा गर्न लागेको जनाएका छन् । चैत्र १ गते जनकपुरबाट रथ यात्रा सुरु हुने छ । बहुसंख्यक हिन्दूहरुको भावना बिपरित मुलुक धर्म निरपेक्ष बनाएकोमा आपत्ति जनाउएको छ । राप्रपा नेपालले हिन्दू राज्य बनाउन सरकार र सबै राजनीतिक दललाई आह्वान समेत गरेको छ ।
जनकपुरबाट सुरु हुने रथ यात्रा लुम्विनी, पोखराको बिन्दवासिनी हुँदै पशुपतिनाथमा आएर समाप्त हुने छ । संवैधानिक राजसंस्थाको पक्षमा रहेको राप्रपा नेपालले संविधान सभा बिघटनको माग गर्दै आएको छ ।

प्रतिक्रिया