ग्यासमा कालोबजारी

काठमाडौं, ६ फागनु । सरकारले आपूर्ति व्यवस्थालाई चुस्त राख्न नसक्दा ग्यासमा कालोबजारी बढेको छ । दुई महिनादेखि खाना पकाउने एल्पी ग्यासको चरम अभाव  भोगिरहेका राजधानीका उपभोक्ताले अझै सहजता पाउन सकेका छैनन् । नेपाल आयल निगमले आवश्यक मात्रामा आयात गर्न नसक्नु तथा सरकार आम नागरिकप्रति संवेदनशील बन्न नसक्नुले यस्तो समस्या देखिएको हो ।

ग्यास अभावकै कारण राजधानीका होटल, चिया पसल धमाधम बन्द हुन थालेका छन् भने धेरैजसो सर्वसाधारणको घरमा चुलो बल्न छाडेको छ । आयातित ग्यास पनि  कम्पनीहरूले ठूला होटल र उद्योगलाई बिक्री गरिरहेकाले सर्वसाधारणले सहज रुपमा ग्यास पाउन सकिरहेका छैनन् । अहिले उपत्यकामा उपलब्ध ग्यास सर्वसाधारणको  पहुँचभन्दा बाहिर गएको उपभोक्तावादीको भनाइ छ ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ सरकारको नालायकीपनका कारण उपभोक्ताले चरम अभाव सहनुपरेको बताउँछन् । ‘सरकारले जनतालाई  राहतको सट्टा समस्या थोपरेको छ,’ उनले भने, ‘अहिले राजधानीलगायत मुलुकभरका सर्वसाधारण खाना पकाउने इन्धन (ग्यास) को पहुँचभन्दा बाहिर छन् ।’ आयल निगमले भने रकम अभावले गर्दा भनेजति आयात गर्न नसकेको जनाउँदै आएको छ ।

निगम प्रवक्ता मुकुन्द ढुङ्गेलले मासिक एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी घाटा व्यहोरिरहेको आयल निगमले रकम अभावकै कारण समयमा ग्यास आयात गर्न नसकेको जनाए । उनले सरकारले अनुदान दिए केही दिनमै बजारमा ग्यासमा कालोबजारी ग्यास सहज हुने दाबी गरे । उनले भने, ‘सरकार कसरी ग्यास र पेट्रोलियम सहज बनाउन सकिन्छ भनेर बाटो हेरिरहेको छ ।’ यसैका लागि हालै सरकारले निगमलाई उपलब्ध गराउने भनेको दुई अर्बमध्ये एक अर्ब रुपैयाँ इन्डियन आयल कर्पोरेसनलाई बुझाइसकेको  पनि उनले जानकारी दिए ।

‘भारतको बरौनी डिपोबाट ग्यास सहज रुपमा नेपाल भित्रिएको छ,’ प्रवक्ता मुकुन्द ढुङ्गेलले भने, ‘सहज हुने बाटो आयल निगम खोज्दै छ ।’ फेब्रुअरीमा मात्र १० हजार पाँच  सय मेट्रिकटन ग्यास नेपाल भित्रिसकेको उनले बताए । यो महिना १८ सयदेखि २० हजार मेट्रिकटन ग्यास आयात गरिने प्रवक्ता ढुङ्गेलले जानकारी दिए । जनवरीमा ११  हजार मेट्रिकटन ग्यास आयात भएको थियो ।

सोको तुलनामा १७ फेब्रुअरीसम्म १० हजार पाँच सय मेट्रिकटन आयात भइसकेको आयल निगमले जनाएको छ । अन्य  महिनाको तुलनामा आपूर्तिमा कुनै कमी नभए पनि उपभोक्ताले ग्यास नपाउने समस्याबारे ग्यास उद्योगीसँग छलफल गरिने प्रवक्ता ढुङ्गेलले जानकारी दिए । पर्याप्त  मात्रामा ग्यास आयात नभएको र उपलब्ध ग्यास  उद्योगीले सीधै बिक्री गर्ने गरेकाले सर्वसाधारणले ग्यासको अभाव सहनुपरेको ग्यास विक्रेता महासङ्घका महासचिव  महेशकुमार श्रेष्ठले बताए । ग्यास उद्योगले सिलिन्डर रिफिल नगर्ने र नयाँ सिलिन्डर किन्दाचाहिँ दिने गरेको उनले बताए ।

‘ग्यास पूर्णरुपमा सहज बनाउन ३० हजार मेट्रिकटन आवश्यक छ,’ उनले भने, ‘ग्यास उद्योगले नयाँ सिलिन्डर धेरै बेचिसकेका छन् जसले गर्दा माग पनि बढ्छ ।’ ग्यास डिलरले पनि ग्यासमा कालोबजारी गरिरहेको र सो क्रमलाई नियन्त्रण गर्न सरकारले उच्च सतर्कता
अपनाउनपु नर्मे ा उनल े जाडे दिए ।

प्रतिक्रिया