पेट्रोलियम पदार्थमा मूल्य बृद्धि

काठमाडौं, १३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको गएराति बसेको बैठकले पेट्रोलियम पदार्थमा प्रति लिटर चार रुपियाका दरले बढाउने निर्णय गरेको निगमका प्रवक्ता मुकुन्द ढुङगेलले जानकारी दिए ।
अब उपभोक्ताले पेट्रोलमा प्रति लिटर १ सय १६, डिजेल र मट्टितेलमा ८५, ८५ र आन्तरिक हवाई ईन्धनमा १ सय ९ रुपिया तिर्नुपर्ने छ । बृद्धि भएको मूल्य आजैदेखि लागू भएको प्रवक्ता ढुङगेलले बताका छन् ।
बृद्धि भएको हवाई ईन्धनको मूल्य कर्णाली अञ्चलमा लागू हुने छैन । निगमले खाना पकाउने ग्याँसमा भने मूल्य बृद्धि नगे प्रवक्ता ढुङगेल बताए । मुलुकमा पेट्रोलियम पदार्थको चरम अभाव पछिल्लो डेढ महिनादेखि रहिआएको छ । निगमलाई मासिक १ सय १८ अर्व खाटा रहेको निगमको दाबी छ ।

प्रतिक्रिया