आफ्नै पार्टीबाट प्रधानमन्त्रीको पुत्ला दहन राजीनामा माग

दैलेख, ६ फागुन । सत्तारुढ एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका कार्यकर्ताले प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला जलाएरका छन् ।
प्रधानमन्त्री भट्टराईको पुत्ला जलाउने क्रममा माओवादी नेता तथा कार्यकर्ताले राजीनामा समेत मागेका थिए । उनीले प्रधानमन्त्री भारतप्रति ललिचलो रहेको आरोप समेत लगाएका छन् ।
देशको सस्तो मानिएको माथिल्लो कर्णाली परियोजनालाई मन्त्रिपरिषदबाट भारतीय कम्पनी जिएमआरलाई आवश्यक पर्ने वन क्षेत्र दिने निर्णय गरेको विरोधमा माओवादी कार्यकर्ताले आफ्नै पार्टीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईको पुत्ला जलाएर बिरोध गरेका हुन् ।
माओवादीले सरकारले भारतलाई माथिल्लो कर्णाली परियोजना बनाउन अनुमति दिएकोमा चर्को बिरोध जनाउदै आएको छ । माओवादीले दैलेखमा रहेको आयोजना स्थलमा रहेको जिएमआरको कम्पनीमा जेठ ८ गते आगजनी समेत गरिसकेको छ ।

प्रतिक्रिया