सात बुँदेका आधारमा समायोजनः नेपाली सेना

काठमाडौं, १२ फागुन । नेपाली सेनाले दलहरुका बीच भएको पछिल्लो सात बुँदे सहमतिको परिधि भित्र रही माओवादी लडाकु समायोजन गर्ने दोहराएको छ ।
राजधानीमा शुक्रवार सम्पन्न पृतनापतिहरुको दुई दिने सम्मेलन पछि सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तीमा सेनाले सात बुंदे सहमतिको परिधि भित्र रही सैनिक व्यवसायिकतामा प्रतिकुल असर नपर्ने गरी व्यक्तिगत हैसियतमा समायोजन गर्ने जनाएको हो । सेनाले आफ्नो स्थापित मापदण्ड बमोजिम दर्जा निर्धारण गर्नुपर्ने र वहालमा रहेका अधिकृत लगायत अन्यदर्जाको बृत्ति विकासमा असर नपर्ने गरी समायोजन गर्नु उल्लेख गरको छ ।
पृतनापतिहरुले पनि सात बुँदे सहमतिका आधारमा लडाकु समायोजन गर्न सैनिक नेतृत्वलाई सुझाव दिएका थिए ।
माघ २९ गते प्रधानमन्त्रीलाई बुझाइएको लडाकु समायोजनको प्रारम्भिक योजनाका बारेमा समेत पृतनापतिहरुलाई प्रधानसेनापतिले जानकारी गराएको विज्ञप्तीमा उल्लेख छ ।
बैठकमा प्रधानसेनापति छत्रमानसिंह गुरुङले लडाकु समायोजन राजनैतिक समस्या भएतापनि अन्तरिम संविधान २०६३ र विगतमा भएका विभिन्न सहमति र सात बुंदे सम्झौताले निर्देशित गरे बमोजिम गरिने बताएका छन् । उनले शान्ति प्रक्रियालाई सकरात्मक ढंगले टुङ्गोमा पु¥याउन नेपाली सेनाले सैनिक मर्यादा मूल्य र मान्यतालाई अक्षुण राख्दै ठोस योगदान दिनु पर्नेमा जोड दिनु भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया