माओवादीसँग सहमति हुँदैनः सभापति कोइराला

काठमाडौं, १२ फुगुन । प्रमुख बिपक्षी दल नेपाली कांग्रेसका सभपाति सुशील कोइरालाले एकीकृत माओवादीले बिभिन्न बहानामा शान्ति प्रक्रियालाई अल्झाई राख्न खोजेको आरोप लगाएका छन् । उनले शान्ति प्रक्रिया र सहमति कार्यान्वयन नगर्दा सम्म माओवादीसँग अब नयाँ सहमति र सम्झौता नगर्ने बताए ।
काठमाडौं कांग्रेसले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा सभपाति कोइरालाले माओवादीको बोली र व्यवहारमा एक रुपता ल्याउन सुझाव दिएका छन् । उनले भने, ‘माओवादीको बोली र व्यवहार मिल्नु पर्छ ।’
सेना समायोजनका लागि दलहरुका बीच सात बुँदे सहमति भईसकेको भन्दै उनले समायोजनका नाममा अर्को सहमति नहुने स्पष्ट पारे । कोइरालाले भने, ‘माओवादी लडाकुको समायोजनमा सेनाको व्यवसायिकतासँग कुनै सम्भौता हुँदैन ।’ उनले सेना समायोजनको कुरा पहिलानै टुङगी सकेकाले त्यस बिषयमा बिवाद गर्नुको कुनै अर्थ नरहेको बताए ।
प्रचण्डले कुरा र भाषणमा सबै भन्द परिवर्तकारी र गणतन्त्रवादी आफू मात्रै रहेको दखाउने गरेपनि व्यवहारमा त्यो ठिक उल्टो रहेको कोइरालाको दाबी थियो । उनले ठूला कुरा गर्ने नेताले सहमति कार्यान्वयन गरेर देखाउन सक्नुपर्ने जनाएका छन् ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादी अझैपनि नेपाली सेना कब्जा गर्ने अभियानमा लागेको आरोप लगाए । उनले भने, ‘माओवादीलाई कुनैपनि हालतमा सेना कब्जा गर्न दिदैनौ ।’ सिटालाले फागुन मसान्त सम्म शान्ति प्रक्रिया अन्तर्गतको सेना समायोजनको बिषय नटुङगीए शान्ति र संविधान तोकिएको समयमा पुरा नहुने दाबी गरेका छन् ।

प्रतिक्रिया