कानून व्यवसायी रिहा


काठमाडौं, १२ फागुन । शान्ति र संविधान तोकिएको समयमा हुनुपर्ने माग गर्दै सडकमा उत्रिएका कानून व्यवसायीलाई शुक्रवार प्रहरीले सर्वोच्च अदालतको मूलगेटबाट नजिकबाट नियन्त्रणमा लिएर केही समय पछि रिहा गरिदिएको छ ।
बार एशोसिएसनको परिसरबाट निस्किएका झण्डै एक सय बढि कानून व्यवसायीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा नेपाल बार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का सहित झण्डै एक सय कानून व्यवसायी र अधिवक्तलाई रहेका थिए ।
शान्ति र संविधानका लागि चरणबद्ध दबाव दिदै आएको नेपाल बार एशोसिएसनले शान्ति प्रक्रियालाई समयमा टुङगाएर जेठ १४ गते भित्र नयाँ संविधान जारी गर्नुपर्ने माग गरेको छ । रामशाह पथस्थित सर्वोच्च अदालतको मूल गेट नजिकबाट प्रहरीले चार वटा ट्रकमा कानून व्यवसायी र अधिवक्ताहरु राखेर लगेको थियो ।
पक्राउ गरेका कानून व्यवसायी र अधिवक्तालाई प्रहरीले सिंहदरबार प्रहरी प्रभागमा राखेको थियो ।

प्रतिक्रिया