१० पसलमा आगलागी

दाङ, १२ फागुन । दाङको तुलसीपुर बजारमा भिषण आगलागी हुँदा करोडौको क्षति भएको छ । विहिवार राति तुलसीपुरको मूख्य बजारमा १० वटा पसलमा आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बिपीचोकका अजय शर्मा र महेन्द्र शर्माको घरमा राखिएको जुत्ता पसलमा बिद्युत सर्ट हुँदा राति १० बजेदेखि सुरु भएको आगोले १० वटा पसलमा पूर्ण रुपमा क्षति पुराएको छ । आगो मध्यरात नियन्त्रणमा आएको थियो ।
आगलागीबाट श्रंगार पसल, एग्रोभेट, ३ वटा मोबाईल पसल, फोटो स्टुडियो, जुत्ता पसल, फेन्सी पसल, पिसीओ र पान पसलहरु पूर्ण रुपमा क्षति भएका छन् । नेपाली सेनाको १९ नम्बर बाहिनी, सशस्त्र बेस क्याम्प तुलसीपुर, नेपाल प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया