‘कान्छो छोरा अरूभन्दा अराजक हुन्छ’

Maobadi Partyharuकाठमाडौं, १४ चैत । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कान्छो छोरो अरूभन्दा अलिधेरै अराजक हुनु स्वभाविक रहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज आयोजित माओवादी पार्टीहरूको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई कान्छो छोराको संज्ञा दिए । उनले चन्द नेतृत्वको माओवादीलाई धेरै उत्तेजित र ओक्रोशित नहुन पनि सुझाव दिए ।

‘नेत्रविक्रम चन्द कान्छो भएकाले चर्का कुरागर्नु स्वभाविक हो’, दाहालले भने, ‘उनलाई सबैले माया गर्नुपर्छ ।’

‘लेनिनले युवाहरूलाई भगवानले नै उफ्रिने अधिकार दिएका हुन्छन् भन्नुभएको थियो’, दाहालले भने, ‘गाउँघरतिर पनि कान्छो छोरालाई अरूभन्दा अराजक हुने अधिकार हुन्छ ।’

‘हामीले पनि कान्छोलाई बढी माया गर्नुपर्छ’, उनले भने, ‘किनकी ठूलाले माया नगरी कान्छो हुर्किदैन ।’

कार्यक्रममा चन्द नेतृत्वको माओवादीका नेताहरूले अध्यक्ष दाहालप्रति लक्षित गरेर टिकाटिप्पणी गरेपछि दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया