लस एन्जलस । पप स्टार रिहानाको खोजी हुनु स्वभाविक छ । उनलाई माया प्रेम गर्ने पनि बढी नै छन् ।
यति बेला उनी सांगीतिक क्षेत्र बाहिर छिन् । प्रेमी अभिनेता लियोनार्डाे डिकप्रियोका साथ रोमान्समा रहेका कारणउनले संगीतमा समय दिन नभ्याएकी हुन् ।
यी दुबैले धेरै समयपछि एक अर्काेसँग यसरी समय बिताउन पाएका हुन् । रिहाना लियोनार्डाेकासाथ उनकै घरमा रहने गरेकी छन् ।
समाचार पत्र ‘द सन’ले उल्लेख गरेअनुसार २७ वर्षीय रिहाना ४० वर्षीय लियोनार्डाे प्रेममा डुबी सकेकी छन् । यि दुबैले छिट्टै एक हुने योजना समेत बनाउन थालेका छन् ।
गतवर्ष पहिलो पटक यी दुबैको प्रेम सार्वजनिक भएको थियो । तर यी दुबैले त्यसलाई नकार्दै नजिकको साथीको संज्ञा दिएका थिए ।
दुई र्यापर क्रिस ब्राउन र ड्राक ग्राहमसँगको प्रेम विफल भएपछि केही अगाडि प्रेम रिलेशन नबनाउने घोषण गरेकी उनले क्रिस र ड्राकलाई विश्वस घातीको संज्ञा समेत दिएकी थिइन् ।
एक संगीतिक कार्यक्रममा गीतसहित स्टेजमा प्रस्तुतिमा दर्शकलाई आफूप्रतिको बेबफाइको बदला लिन अग्रहसमेत गरेकी उनको यो प्रेम रिलेशन दिन धेरै समय नटिक्ने अनुमान लगाइएको छ । – एजेन्सी
प्रतिक्रिया