काठमाडौं । वरिष्ठ कवि एवम् गीतकार दिनेश अधिकारीको हिन्दी भाषामा अनुवाद गरिएको ‘संवेदनाकी स्वर’ नामक कविता सङ्ग्रह विमोचन गरिएको छ ।
नेपालस्थित भारतीय दूतावास र बिपी कोइराला नेपाल—भारत प्रतिष्ठानद्वारा आयोजित समारोहमा राष्ट्रकवि माधव घिमिरे र नेपालका लागि भारतीय राजूदत रञ्जित रेले संग्रहको शुक्रबार विमोचन गरे ।
साहित्य र भाषाको माध्यमबाट मुलुकको यथार्थ चित्रण हुने हुँदा अधिकारीको उक्त पुस्तक अनुवादसँगै नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ तुल्याउने विश्वास गरिएको छ ।
कवि अधिकारीका यसअघि कविताका पाँच, गीतका दुई र खण्डकाव्यका दुई कृति प्रकाशित छन् ।
कवि अधिकारीका १४ गीति एल्बम सार्वजनिक भइसकेका छन् । उनले मदन, साझा र छिन्नलता पुरस्कारसमेत पाइसकेका छन् ।
राजकमल प्रकाशन प्रालि नयाँ दिल्लीले प्रकाशनमा ल्याएको कवि अधिकारीको हिन्दीमा अनुवादित पहिलो सो कृतिमा ५६ कविता समावेश छन् । उनको कविता डा गङ्गाप्रसाद अकेलाले अनुवाद गरेका हुन् ।
प्रतिक्रिया