काठमाडौं, २९ फागुन । यौनजन्य वेभसाइट खोलेर यौन गतिविधि चलाएको आभियोगमा प्रहरीले ललितपुरबाट एक युवकलाई गिरफ्तार गरेको छ ।
अश्लील यौनजन्य व्यापारको लागि वेभसाइट खोलेको अभियोगमा फक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ घर भई हाल ललितपुर कुसुन्ती बस्ने २८ वर्षीय सरोज चौधरी रहेका छन् ।
उनलाई प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको जनाएको छ ।
‘सामाजिक मूल्य मान्यता, नैतिकता र सदाचार विपरीत यौन सम्पर्क र यौन आनन्दको लागि बिभिन्न प्रकारका एस्कर्ट (महिला)हरूलाई उपलब्ध गराउन सक्ने भनि अमूक आकर्षक महिलाको आकृति फोटो राखी बिभिन्न सेवाका बिभिन्न दररेटहरूसमेत तोकी सम्पर्कका लागि ईमेल ठेगाना र फोन नम्बरसमेत उपलब्ध गराई त्यस्ता सेवा लिन चाहने ब्यक्तिहरूलाई सम्पर्कको लागि आब्हान गरी इन्टरनेटमा बेभसाईट खोली प्रचार प्रसार गरेकोले निज चौधरीलाई पक्राउ गरिएको छ’, प्रहरीको बुलेटिनमा उल्लेख छ ।
वेवसाईटबाट यौनजन्य क्रियाकलाप चलाएका विषयमा प्रहरीले थप अनुसन्धान चलाएको जनाएको छ ।
पक्राउ परेका चौधरीले पैसा लिएर यौनजन्य कार्य गर्दै आएको प्रारम्भीक बयानका क्रममा देखिएको प्रहरी भनाइ छ ।
प्रतिक्रिया