सङ्गीनालाई १५ लाखसहित सरकारी सम्मान

काठमाडौं, २९ फागुन । नारी दिवसको अवसर पारेर सरकारले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्दै देशको नाम चिनाउन सफल महिला खेलाडीहरुलाई नगद तथा कदरपत्रसहित सम्मान गरेको छ ।

राष्ट्रपति भवन शितलनिवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आन आयोजित कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवले तेक्वान्दो खेलाडी सङ्गीना बैद्यलाई १५ लाखको चेक प्रदान गरे ।

यसअघि मन्त्रिपरिषद्ले दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण, एसिया प्यासिफिक खेलकुदमा एक स्वर्ण पदक तथा ओलम्पिकमा छनोट हुन सफल सङ्गीनाको योगदानको कदर गर्दै नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा एसियाली प्रतिस्पर्धामा काश्य जितेकी साम्बो खेलाडी भगवती माझीलाई एक लाख, श्रीलङ्कामा भएको पहिलो दक्षिण एसियाली महिला भलिबल र पाकिस्तानमा सम्पन्न तेस्रो महिला साग फुटबलका उपविजेता टिम तथा साग फुटबल विजेता १४ वर्ष मुनिको टिमलाई पनि सम्मान गरिएको छ ।

ऊर्जामन्त्री राधा ज्ञवाली, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्मालगायतले तीनै टिमका खेलाडी, मुख्य र सहायक प्रशिक्षक, व्यवस्थापक तथा पदाधिकारीलाई जनही २५–२५ हजार प्रदान गरे ।

नेपाली क्रिकेट टिमलाई डिभिजन–३ को उपाधि जिताएका तत्कालीन प्रशिक्षक जगतबहादुर टमाटालाई पनि एक लाख प्रदान गरिएको छ । (तस्बिर सौजन्य: संगीना)

Saniga Baidhya 1

Sangina Baidhya 2

Sangina Baidhya 4

Sangina Baidhya 3

Sangina Baidhya 5

Sangina Baidhya 6

Sangina Baidhya 7

Sangina Baidhya 8

Sangina Baidhya

प्रतिक्रिया