उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

ballistic missilesसोल, २९ माघ । उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रमा हानेको छ ।

पृथ्वीबाट समुद्रमा गरिएको सो परीक्षण सातवटा रहेको छ । बिहीबार साँझ उत्तर कोरियाको पूर्वी सहर सोन्दोकमा अवस्थित एक समुद्रमा गरिएको हो ।

समुद्रको परीक्षण सात पटकसम्म गरिएको उत्तर कोरियाली सैनिक प्रवक्ताले पुष्टि गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनको नेतृत्वमा परीक्षण गरिएको समाचारमा जनाइएको छ । यो परीक्षण पछिल्लो समयमा उत्तर कोरिया र दक्षिणका बीचमा बढ्दो विवादको समयमा आएको छ ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक रुपमा गरिएको सैन्य अभ्यासका बारेमा उत्तर र दक्षिण कोरियाबीचमा व्यापक मात्रामा विवाद बढिरहेका बेला उत्तरले यो परीक्षण गरेको छ ।

उत्तर कोरियाली सैनिक प्रवक्ताले यस परीक्षणको सफलताको बारेमा नेता उनलाई जानकारी गराइसकिएको जनाएका छन् । जसका कारण विवाद थप बढ्ने सम्भावना पनि देखिएको छ ।

यो क्षेप्यास्त्र समुद्रबाट हावामा हान्नसक्ने गरी निर्माण गरिएको बताइएको छ । यो क्षेप्यास्त्र परीक्षणले पनि जारी दुई देशबीचको विवाद थप बढाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया