एजेन्सी
कोलोम्बो, २९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि शुक्रबार श्रीलंका पुगेका छन् । यस राष्ट्रमा २५ वर्षपछि भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण भएको जनाइएको छ ।
मोदीको स्वागतका लागि श्रील्रंकाका प्रधानमन्त्री रनिल विक्रमास्रिंगे, विदेशमन्त्री म्रंगला समराविर र अन्य सरकारी अधिकारी बन्दारानाएके अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मोदीको यस भ्रमणको क्रममा राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री विक्रमास्रिंगेलगायत सरकारी अधिकारीसँग भेटवार्ता हुने कार्यक्रम छ । तामिलको प्रभाव रहेको तालिम नेसनल अलाइअन्स (टीएनए्र)लगायत राजनीतिक पार्टीका सदस्यसँग पनि भेट्रवार्ताको कार्यक्रम रहेको बताइएको छ ।
यस क्रममा भारत र श्रीलंका सरकारबीच केही प्रमुख सम्झौताका साथै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी हुनेछ । मोदीले तामिल समुदायको बलियो प्रभाव रहेको उत्तरी प्रान्तको पनि भ्रमण गर्दै छन् । सरकारी कारबाहीका क्रममा सन् २००९ मा उनीहरुको द्वन्द्व अन्त्य भएको थियो ।
प्रतिक्रिया