नयाँ दिल्ली, ३ जेठ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पदबाट राजीनामा दिएका छन् । आम निर्वाचनमा कांग्रेस आई र उसको गठबन्धनले नराम्रोसँग पराजय भोगेको भोलिपल्ट शनिबार सिंहको राजीनामा आएका हो । सिंहले राजीनामापत्र राष्ट्रपति प्रणव मुखर्जीलाई बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबारको मत परिणासँगै कांग्रेसको १० वर्षे शासन समाप्त भएको हो । प्रधामन्त्री सिंहले शनिबार देशविासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकार र आफ्नो जीवन खुला किताब भएको प्रतिक्रिया दिएका थिए ।
शुक्रबारको मत परिणामअनुसार कांग्रेस आई ४४ सिटमा सीमित भएको छ । भाजपा २ सय ८३ सिटका साथ बहुमतमा छ । आगामी २१ मेमा मोदी नेतृत्वमा नयाँ सरकार गठन हुने बताइएको छ । सिंहले भाजपा नेता तथा भावी प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइसमेत दिएका थिए ।
त्यसैगरी, आफ्नो पार्टी जनता दल युनाइटेडले लोकसभा निर्वाचनमा नराम्रो पराजय ब्यहोरेपछि विहारका मुख्यमन्त्रीसमेत रहेका नितीश कुमारले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
उनको पार्टी जनता दल युनाइटेडले बिहारका ४० लोकसभा सिटमध्ये २ वटा सिटमा मात्र विजय हासिल गरेको थियो । सो नतिजापछि पार्टीभित्रै र बाहरिबाट उनलाई राजीनामा गर्न चर्को दबाब पर्दै आएको थियो । विजेपी विहारका नेता सुशील मोदीले चुनावी परीणामलगत्तै नितीश कुमारले राजीनामा गर्नुपर्ने माग गर्दै आएका थिए ।
अघिल्लो वर्षसम्म बिजेपीसँगै गठबन्धनमा रहेका नितीश बिजेपीले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि गठबन्धन छाडेर अन्यत्र लागेका थिए । अघिल्लो निर्वाचनमा जनतादल युनाइटेल र बिजेपी चुनावी गठबन्धनमा लडेका थिए । त्यतीखेर नितीशको पार्टीले २० र बिजेपीले १२ सिटमा जितेको थियो ।
प्रतिक्रिया