विद्यार्थी जीवनवाट वामराजनीतिमा होमिएका अनन्त पौडेले यति बेला मकवानपर जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएका छन् । लामो समय मकवानपुरको एमाले नेतृत्वमा रहेका पौडेले राजनीति गरेवापत तत्कालीन पञ्चयती ब्यवस्थाको दमन खेपें । मकवापुरलाई राजनीतिक कर्मथलो बनाएका उनले जीवनको किशोर र युवा अवस्था त्यहिको पार्टीकाममा विताए । यति उनी बेला नेकपा एमाले नारायणी अञ्चल सचिव छन् । प्रष्ट बोल्न रुचाउने उनी एमाले भित्रको गुट र उपगुट अन्त्य होस भन्ने चाहन्छन् । पौडेले विचारमा यतिबेला एमालेको काँधमा मुलुकको समस्या समाधान गर्ने गहन जिम्मेवारी आएको र वामएकता गर्नु रहेको देख्दछन् । यसै सेरोफेरोमा सौर्य दैनिकसंग गरिएको संवाद :
पहिलो संविधानसभाले नेपाली जनतालाई संविधान दिन नसकेकोले यति बेला सबै पार्टीका सभासद एवं नेता गम्भीर छन् । अगिल्लो संविधानसभाले संविधान बनाउन नसक्दा जनतामा बढेको निरासाले पार्टीहरुलाई चिन्तीत बनाएको छ । यो संविधानसभा सदस्यले सपथ गरेको दिनबाट एक वर्ष भित्र संविधान बनाउनु पर्छ । पछिल्लो समय संविधानसभाको बैठक सुरुहुने देखि प्रधानन्त्रीको निर्वाचन सम्मका अवस्थाले संविधान निर्माणमा ढिलाई हुने आशंक उत्पन्न गराएको छ । जनतामा एक प्रकारको निराशा छाएको छ । कतै यो संविधानसभाले पनि जनतालाई संविधानदिन नसक्ने हो कि भनेर । तर, दोस्रो संविधानसभा पछाडिको परिणाम र पार्टीहरुको संविधानसभामा प्रतिनिधित्वको आधारमा यो संविधानसभाबाट संविधान बन्ने आधारहरु धेरै छन् ।
पहिलो संविधानसभाको लामो समयसम्म संविधानसभा नियमवली बनेको थिएन । अहिले एक हप्ता भित्र संविधानसभा नियमावली बन्ने अवस्थामा छ । नियमावलीको मस्यौदा लगभग तयार भइसकेको छ । संविधानसभाको नियमावलि वन्ने वित्तिकै संविधान निर्माणको कार्यतालीकामा प्रबेश हुने छ । अब अगिल्लो संविधानसभामा सहमती भएका र विवादमा रहेका विषयलाई छलफलबाट छिनोफानो गर्दै अगाडि बढ्नु पर्छ । पहिलो संविधानसभामा सहमती भएका विषयलाई अपनत्व स्वीस्कार गर्ने बारे मुख्य पार्टीहरुको एउटै बिचार देखिएको छ । त्यसले सकारात्मक वातावरण वनाउने छ । यसले सबै नेताहरु संविधान निर्माणमा गम्भीर रुपमा लागका छन् भन्ने प्रष्ट पार्छ । साथै समय भित्र संविधान बन्नेमा पनि विस्वस्त बनाउँछ ।
संविधानसभा निममावली आए पछि कार्यतालीका वनाइ छ सात महिना भित्र प्रारम्भीक मस्यौदा वनाउनु पर्छ । प्रारम्भीक मस्यौदालाइ जनताको बिचमा छलफलमा लैजाने र जनताबाट आएको सुझावलाई समेटेर सहमतीको दस्ताबेज बनाउनु पर्छ । पहिलो संविधानसभामा जस्तो सहमतीको नाममा दुइ चार नेता बसेर छलफल गर्ने तर, बिधि र प्रकृयामा जाँदै नगएर संविधानसभाको अन्त्य गर्ने काम फेरि दोहोरिनु हुदैन । गएको संविधानसभाले सहमती भन्दा भन्दै संविधानसभालाई पंगु बनाउने काम गर्यो । अब पुन त्यो गल्ती दोहोराउन हुदैन । गएको संविधानसभामा सबै भन्दा बढि सहमतीको रटान लगाउने एमाओवादी हो । हिजो असहमतीको आधारमा संविधान जारी गर्नु हुदैन भन्ने एमाओवादीका अध्यक्ष प्रचण्डले यति बेला बिधि र प्रकृयाको आधारमा अगाडि बढ्नु पर्छ भनेका छन् । यदि उनका कुरा भावनात्मक मात्र होइन भने, यसले संविधान बन्नेमा आसाहरु बढाएको छ ।
राजनैतिक रुपमा पार्टीहरुमा केहि समस्या देखिएको छ । को कुन मन्त्री बन्ने भन्ने कुराले लामो समय सबैको ध्यान तान्यो । पार्टीहरुले मन्त्रालयको रोजाई र बार्गेनिङ्गमा समय बिताउनु हुदैन थियो । मुख्य पार्टीहरु मिलेर एक वर्षसंगै अगाडि बडनु पर्छ । संविधान जारी नहुदासम्म मुख्य पार्टीहरु एकै ठाउँमा उभिएर सबै प्रकारको समस्या सामाधान गर्न सकियो भने राष्ट्र र जनतासबैको भलो हुन्छ । यसले संविधान निर्माणको प्रकृया अझ सरल बनाउने छ । साथै जनतामा देखिएको आशंका र भ्रमहरु समाप्त हुने छ । अब त्यो होला भन्ने केहि आसहरु देखिएको छ ।
हामी संविधान बनाउन आएका सभासद हौं । तर, हामीले एकै पटक दुईवटा भूमिका पुरा गर्नु पर्छ । संविधानसभामा सभासदको र ब्यवस्थापिका संसदमा ब्यवस्थापिका संसद सदस्यको । यी ठाउँहरुमा पनि सरकार निर्माणको छायाँ र त्यसको मनोविज्ञानको प्रतिविम्ब पर्देन भन्न सकिदैन । एक पार्टीले अर्को पार्टीलाई गर्ने ब्यवहार त्यति सम्मान जनक छैन । कयौं अवस्थमा ठूला पार्टी प्रति साना पार्टी र जनताको आक्रोस पैदा हुन सक्छ । यो स्वभाविक र सामान्य कुरा हो । तर, यस्तो समस्याले कसैको हित हुदैन । यस प्रकारको समस्या ठूला पार्टी र तिनका वरिष्ठ नेताहरु बसेर टुंग्याउदै जानु पर्छ । जनताको बिचमा अब पनि संविधान नलिकन जाने अवस्था कसैको छैन । यदि त्यस्तो दुर्भाग्य भयो भने कुनै पनि पार्टी वा नेताको राजनैतिक भविष्य रहदैन । नेपालको इतिहासमा संविधानसभाबाट जनताको प्रतिनिधिले संविधान बनाउने यो अन्तिम मौका हो । त्यसैले अब यो मौका पार्टी र तिनका नेताहरुले चुकाउनु हुदैन भन्ने लाग्छ । अहिलेको यो गम्भीर चुनौतिलाई सामाधान गरेर संविधान बनाउन सकिएन भने नेपालका पार्टीहरु राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा बदनाम हुने छन् ।
गएको संविधानसभाले गरेका निर्णयको स्वामित्वको बारेमा केहि पार्टीहरुले असमती जनाएका छन् । त्यो उनीहरुको जनताबिच जाने वाहना मात्र हो । गएको संविधानसभाले गरेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र जस्ता विषयबाट मुलुक पछाडि फर्कने अवस्थमा छैन । यस्ता विषयमा कसैले बखेडा नझिक्दा हुन्छ । लाखौ लाख जनता सडकमा आएर गरेको माग हुन यी । जनसागर सडकमा आएर गणतन्त्र मागी रहदा कहाँ थिए उनीहरु ? जो आज संविधानसभामा बिरोध गर्दै छन् । गणतन्त्र दुइ चार जना नेताको लहडमा आएको होइन । जनताको स्वस्फूर्त चाहना र मागले जर्वजस्त आएको हो । त्यती बेला कुनै एक जनाको आँट थिएन राजतन्त्र चाहिन्छ भन्ने । यसले के प्रष्ट पार्छ भने यो मूलुकका अधिकांस जनता गणतन्त्र चाहन्छन भन्ने हो । केहि नेताहरु राजतन्त्र वा धर्मको कुरा गरेर सत्तामा आउने भरेङ्ग खोज्दै छन् । केहि जनतामा रहेको धर्म र राजतन्त्र प्रतिको आस्थालाई राप्रपा नेपाल जस्ता पार्टीले उपयोग गर्न खोज्दै छन् । यसैको माध्यमले जनताको बिचमा जाने उनीहरुको सोच हुन सक्छ । तर, त्यो उनीहरुले सोचे जस्तो सजिलो छैन । हुदा पनि हुदैन ।
एमालेले नेपालको शान्ति प्रक्रिया देखि रहेका हरेक अफ्ट्यारा अवस्थामा जिम्मेवारी पूर्वक भूमिका खेलेको छ । कयौ अवस्थामा पार्टीलाई हुने घाटा ब्यहोरे पनि एमाले राष्ट्रको हितमा अगाडि बडेको छ । एमालेले देशको समस्या निकासमा लाग्दा अनेकौ आरोप खेपेको छ । कतिले भने –एमालेको आफ्नो अडान छैन, अरुको पछि लाग्छ जस्ता अनेकौ आरोप लाग्यो । तर, म आरोप लगाउनेहरुसंग सोध्न चाहन्छु –एमाले आफ्नो अडानमा रटान लागेर बसेको भए नेपालको शान्ति पक्रियाको हालत के हुने थियो ? एमालेले उग्रवामपन्थिा र दक्षिणपन्थिको बिचमा रहेर काम गर्नु पर्दा केहि अन्यौल जस्तो देखियो । एमाले दुबै अतिवादलाई मिलाएर अगाडि बड्न चाहन्छ । विचमा रहदाँ एमालेको आफ्नो विचार लुके जस्तो देखिन सक्छ । तर, एमालेले यी सबै राजनीतिक निकासका लागि खेलेको अभिभावकिय भूमिक हो । एमालेले गरेको यति ठूलो जिम्मेवारीलाई गहिरिएर हेर्नु पर्छ । एमालेले सधै निर्णायक र महत्वपूर्ण भूमिका खेलेको छ यसलाई गौण बनाउनु हुदैन । यो राजनीतीक रुपमा मध्यमार्गि तर महत्वपूर्ण भूमिका हो । राजनीतिक रुमा एकातिर अति उग्रवाद र अर्कोतर्फ दक्षिवादलाई समेटेर लाने क्रममा त्यस्तो देखिएको हो । कहिल्यै राजतन्त्र त्याग्न नसक्ने नेपाली कांग्रेसलाई गणतन्त्रको पक्षमा र युद्धबाट सत्ता कब्जा गर्ने उदेश्यले जंगलमा रहेको माओवादीलाई प्रतिस्पर्दाको राजनीतिमा एमालेले ल्याएको हो । यदि एमालेले दुबैलाई मिलाउने भूमिका नखेलेको भए मुलुकको अवस्था आज के हुने थियो ? यसलाई ढुलमुले हैन त्यागको राजनीति भनेर बुझनु पर्छ ।
एमाले स्थापना काल देखि नेपालको कम्युनिष्ट आन्दोलनको मुलप्रभाह बनेको छ । जनताले त्यसको पुष्टी बेला बेला गरेका छन् । एमाले दोस्रो संविधानसभाको निर्वाचनमा दोस्रो शक्ति भन्दा तल झरेको भए नेपालको कम्युनिष्ट आन्दोलन धरापमा पर्ने निश्चित थियो । विश्वको कम्युनिष्ट आन्दोलनले सिद्ध गरेको छ कुनै पनि उग्रवामपन्थले कम्युनिष्ट आन्दोलनलाई अगाडि बडाउन सक्दैन भन्ने । यो नेपालमा मात्र हैन विश्वमा जहाँ–जहाँ उग्रवामपन्थी आन्दोलन भए ती क्रमश समाप्त वा रक्षत्मक अवस्थामा पुगेका छन् । एमाले कम्युनिष्ट आन्दोलानलाई लोकतान्त्रीक रुपमा अगाडि बडाउन पर्छ भन्ने मान्यताले अगाडि बडेको छ । यसले नेपालको कम्युनिष्ट आन्दोलनलाइ अगाडि बडाउने र सबैलाई एकता बद्ध गरेर अगाडि लैजाने छ । यति बेला एमालेको काँधमा प्रमुख दुइवटा जिम्मेवारी छ । मुलुकको हितमा सम्पूर्ण समस्याको निकासको लागि प्रमुख भूमिका खेल्ने र कम्युनिष्टहरुलाई एकता बद्ध गरेर लैजाने । एमालेले आफूलाई कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हौं भनेर मात्र पुग्दैन । त्यो अनुसारको भूमिका पनि पुरा गर्नु पर्ने छ । त्यो दायित्व एमाले नेतृत्वको काँधमा छ ।
यति बेला बैचारिक रुपमा एमाओवादी एमालेको पछि पछि छ । नेपालमा जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाइ बचाएको छ । शान्ति पक्रियामा आएसंगै एमाओवादी घुमाइफिराइ जवजकै बाटोमा अगाडि बढेको छ । एउटै बाटोमा हिडेने भए किन चाहियो दुइवटा पार्टी ? बिचार मिल्ने भएपछि एउटै बनाए भइहाल्छ । अब एमाओवादी किन भाइ एमाले बन्नु पर्यो ? दाइ एमालेसंगै हिडे भइहाल्छ । त्यसैले अब नेपालका सबै कम्युनिष्ट एक भएर अगाडि बढनु पर्छ । नेपालका केही कम्युनिष्ट नेताहरु सानो–सानो कसौडीमा पाकेको तातो भात खान रुचउने संस्कारका छन् । कतिलाई लागेको होला सानो पार्टीमा जे गरे पनि आफू खुसि हुन्छ भन्ने । तर, सामाजिक रुपमा जनताको अगाडि ठूलो पार्टीको नेता हँुदाको आदार सम्मान सानो पार्टीको नेता भएर पाइदैन । नेपालका कम्युनिष्ट एक हुन नसक्नु को समस्या यहाँ भित्र रहेको सामन्तवाद हो । केहि नेतृत्व सिमीत घेरामा बस्न खोज्ने, सधै एकै ब्यत्ति पदमा रहन खोज्ने, अरुको नेतृत्व स्वीकार नगर्ने, समाज र राष्ट्रलाई केहि दिने भन्दा पनि आफूले के पाउने भन्ने कुरामा सिमीत रहने स्वभावका छन् । यस्ता मानसीकता कम्युनिष्ट आन्दोलनमा समस्याको रुपमा रहेको छ । कोठा वा भाषणमा राम्रो कुरा गरेर हुदैन ब्यवहारमा देखाउनु पर्छ । नेताहरुले आफूलाइ ब्यवहारमा अझै रुपान्तरण गर्नु बाँकी छ । अरुको बिचार वा अरुको चलखेलबाट नेपालको कम्युनिष्ट आन्दोलन मुक्त हुनु पर्छ । आफ्नै बिचार र सोचबाट चल्ने हो भने धेरै कुरा गर्न सकिन्छ ।
नेपालको समग्र विकास गर्ने हो भने सबै कम्युनिष्ट एक भएर अगाडि बडनु पर्छ । जनताको हितमा काम गर्ने पार्टीहरु एक भए राष्ट्रियता, जनजीविका, जनताको जीवन स्तर अगाडि बडाउन सकिने छ । अव विश्वमा कम्युनिष्टको विकल्प छैन । विश्वमा मुक्त बजार, खुल्ला अर्थतन्त्र जस्ता कुरा फेल भएका छन् । राज्यको अर्थतन्त्र विकासमा राज्यको साथै निजी र सहकारीहरुको भूमिका उत्तिकै प्रभावकारी हुनु जरुरी छ । यी सबै कुरालाई मिलाएर लाने हो भने मूलुकमा कायापलट गर्न सकिन्छ । यो जनताको हितमा कम्युनिष्टहरुले अगाडि सारेको विचार हो । जस्ले मुलुकको हितमा विचार ल्याउछ त्यसैले मुलुकको नेतृत्व गर्नु पर्छ । अब कम्युनिष्टहरुले संकुचित विचार र सानो छाति बनाएर हुदैन । आफ््ना लागि भन्दा देश र जनताको हितमा लाग्नु पर्छ । त्यसको लागि एकता प्रमुख कुरा हो ।
०४७ पछि नेपालका कम्युनिष्टहरुमा मित्रवत ब्यवहारमा कमी आएको छ । भूमिगत अवस्थमा त्याग, तपस्या, वलीदान, संघर्षको कुरा हुन्थे । भूमिगत कालमा प्रशिक्षण पनि त्यसै प्रकारको हुन्थ्यो । त्यहि अनुसार नेता र कार्यक्रता प्रति माया र आदर गरीन्थ्यो । मुलुकमा आएको राजनैतिक परिवर्तनसंगै यस्ता कुरा पछाडि पर्दै गए । पार्टीमा जिम्मेवारी फेरीयो, संसदीय राजनीतिको अवसर आयो । संसदीय राजनीतिले सामाजिक हैसीयत, सुबिधा, ब्यत्तिगत लाभका पदहरुको अवसर आए । तर, नेतृत्वले समयमानै यस्ता पद र प्रतिष्ठाको बिषयलाई ब्यवस्थापन गरेर आएको भए समस्या देखिने थिएन । कस्लाई के कामको जिम्मा दिने र कसरी सबैलाई समेटेर लाने भन्ने बिषयमा नेतृत्वले उपयुत्त ढंगले मिलायर लानु पर्ने हो । अब पनि त्यस्ता कुरामा विचार गरेर जान सकियो भने नेपालको कम्युनिष्ट आन्दोलन एकिकरण गरेर अगाडि जान सकिन्छ । तर, कम्युष्टि पार्टीमा नेता भए, राजनेता भएनन । पार्टीमा राजनेताको ठाउँमा नेता र सरदारहरु जन्मन थाले पछि समस्या आउन थाल्छ । पार्टीको साथै सिंगो मूलुकको भलोगर्ने राजनेता हुन्छ, पार्टीमात्र हेर्ने नेता हुन्छ, आफू वरिपरिको गुट चलाएर राजनीति गर्ने सरदार हुन्छ । गुटको नाममा आफ्नालाई मात्र राम्रो देख्ने सस्कार को अन्त्य हुनु पर्छ । अहिले कम्युनिष्ट पार्टीमा देखिएको समस्या यहि हो ।
राजनीतिका नाममा आएको गुट र अस्वस्त प्रतिष्पर्दाको अन्त्य हुन पर्छ । यो हामी दोस्रो पुस्ताका नेताहरुको काँधमा आएको जिम्मेवारी हो । तर, कता कता दोस्रो पुस्तामा पनि समस्या छ । कसैको दोराको फेर नसमाते अगाडि जान सकिदैन कि भन्ने सोचबाट दोस्रो पुस्ता भन्नेहरु पनि मुक्त हुन सकेको छैनौं । कसैको पछाडि नलागे विच धारमा परिन्छ कि भन्ने त्रास दोस्रो पुस्तामा पनि छ । यो त्रास त्यागरेर अगाडि बडने हिम्मत कसैले गर्न सकेको छैन । यदि साच्चैको राजनीति समाज र राष्ट्रको लागि गर्ने हो भने निस्वार्थ हुन जरुरी छ नत्र राजनीति सेवा नभएर पेशा हुने छ । पेशा बनाउने कि समाज सेवा राजनीतिकर्मीले बेलैमा सोच्नु पर्छ । आफु प्रष्ट भएर मात्र राष्ट्रको लागि केहि गर्छ सकिन्छ ।
प्रतिक्रिया