आमिर छोरा अजाद घुमाउन व्यस्त

amir-khan-&-son--(5)हरेक कलाकारहरूले आफ्नो विवाहलाई तोड्ने परम्परा भए पनि उनीहरूका लागि सन्तान सबैभन्दा प्यारो हुन्छ । त्यही कारण कलाकारहरू आफ्नो बच्चासँग बाहिर घुम्नफिरमा निस्किदा ठूलै समाचार बन्ने गरेको छ । कलाकारको क्रेजसँगै उनीहरूबाट जन्मिएको बच्चालाई हेर्न धेरै दर्शक इच्छुक हुन्छन् । न्युज फोटोग्राफरहरू पनि यस्तै किसिमका फोटो खिच्न हरेक माहोलमा अगाडि हुन्छन् ।
यस्तै क्रममा अभिनेता आमिर खान आफ्नो क्वुट छोरा अजाद राव खानसँग मुम्वाईमा देखिएका छन् । अभिनेता आमिरले आफ्नो छोरालाई पिठ्युमा बोकेर घुम्न निस्किएका थिए । हल्का निलो रङको जिन्स पाइन्ट, कालो ज्याकेट र कालै टोपि पहिरिएर निस्किएका आमिरले आफ्नो छोरालाई हल्का निलो कलरको टिर्सट र हल्का खैरो रङको पाइन्टमा लगाइ दिएका थिए । बाउ छोराको प्रेममय माहोलमा सबै मानिसहरूको आँखा बाउ–छोरामा परेको थियो । आमिरका छोरा अजाद डिसेम्बरमा २ वर्षका हुन्छन् । (एजेन्सी)

प्रतिक्रिया