माइलीको अर्को हर्कत स्टेजमै चुरोट

miley-cyrusलन्डन : गत शनिबार एमटिभी युरोप म्युजिक भिडियो अवार्ड २०१३ को आयोजना भयो । कार्यक्रममा गायिका माइलि साइरस, केटी पेरी, रेड्फु आदि हलिउड गायक गायिकाहरू उपस्थित भएका थिए । र, यी कलाकारहरूले स्टेजमा आफ्नो पर्फमेन्स पनि गरे ।
२० वर्षीया माइली साईरस पछिल्लो समयमा निकै चर्चामा रहने गरेकी छिन् । यस्तै
क्रममा माइली साइरस म्युजिक भिडियो अवार्डमा चुरोट तान्दै आफ्नो पर्फमेन्स दिन स्टेजमा प्रस्तुत भएकी थिइन् । उनी स्टेजमा सेतो रङको कपडा, तथा सेतै रङको हिलमा प्रस्तुत भएकी थिइन् । उता रेड्फु बिना कपडै एउटा अन्डरवेयरमा प्रस्तुति दिन स्टेजमा उक्लिएका थिए । म्युजिक भिडियो अवार्डमा केटी पेरीले पनि आफ्ना चर्चित गितहरू प्रस्तुत गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया