मत लिलामी नहोस्

Sachin-Bhattarai-1कुनै एक प्रसंगमा खप्तड स्वामीले भनेका थिए, ‘मान्छेको सोचाई प्रकाशको गतिभन्दा वेगवान हुन्छ ।’ उक्त भनाई पछिल्लो समयमा चुनाव केन्द्रित गरेर दलहरूले बजारमा ल्याएको घोषणा पत्रमा मिल्न जान्छ । अति महत्वकााक्षि बेगवान सोचाईका साथ केहि दलहरूले ल्याएको घोषणा पत्र फेरीपनि झुटको विजारोपण हो कि भन्ने संका र उप–संकाहरू बढ्न थालेको छ ।
चुनाव जित्न दलहरूको चातुर्याई प्रकाशको गति वेग भन्दा कम छैन । दलहरूको चातुर्याईलाई अझ जुक्ति सिकाउन सोझा जनताहरूपनि कम छैनन् । ‘नेताहरूको सुरमा ताल मिलाउन ।’ विगतको संविधानसभा निर्वाचनमा विशेषत एकीकृत नेकपा माओवादीले स्विजरलैण्डको सपना देखाएर नेपालको दुरदराजमा पुर्‍याएको घोषणापत्र हेरेर जनताले दिएको मत वास्तावमै कण्टेनरमा पुगेको छ । जनतालाई देखाउने दाात र राज्यको ढुकुटि चपाउने दाात एमाओवादीको अलग अलग सावित भईसकेको छ । जे होस जनतालाई छक्याउन माहिर एमाओवादीलाई यो चुनावले अझै धुर्तहुन अभ्यास गर्ने अवसर दिएको छ । त्यसमा पनि जनताहरू भेडा हुने अवसर पाउनु चानचुने कुरा होईन । राष्ट्र निर्माणको लागि विगतका ईतिहाास हेर्ने हो भने नेपाली कााग्रेसको समाजवादको नारा पनि गणतन्त्र स्थापना संगै ओझेलमा पर्दै गएको छ । पञ्चायत कालदेखि हुर्किएको सामन्ति संस्कार नेपाली कााग्रेसमा अजम्बरी छ । २०६२/०६३ को जनआन्दोलनको बलले गणतन्त्र भित्रिएपनि मन नलागि नलागि वाहिरि दाात देखाएर जवरजस्त गणतन्त्र स्विकार्नु कांग्रेसको वाध्यता हो । पञ्चायतकालको तत्कालिन समयमा विपी कोईरालाले ल्याएको समाजवाद पञ्चेहरूलाई सुहाउने थियो । त्यो नारा एक्काईसौा सताब्दिमा घन्काईरहेका छन् । नयाा विचारलाई आत्मसाथ गर्दै मुलुकलाई आमुल परिवर्तन गर्नुपर्छ भन्ने सोच कााग्रेसमा नपलाउनुनै मुलुक र स्वयम् कााग्रेसकोलागि दुर्भाग्य हो । यसरी यथास्थितिमा रमाउने कााग्रेसले मुलुक परिवर्तन गरेर जनतालाई लोकतान्त्रिक संविधान दिनसक्छ भन्नु फेरीपनि जनता मुर्ख बन्नु हो ।
२००७ साल पछि लामो समय नेपाली कााग्रेसले सरकार चलायो तर जनतालाई स्मरण हुने कुनै काम गरेन । पछिल्लो समय गणतन्त्र प्राप्ती पछि बेमौसमी खहरेझै आएको एमाओवादीले दुई दुई पटक राष्ट्रको बागडोर सम्हाल्दा आलोचना र गालिको पात्र मात्र बन्यो । राष्ट्र निर्माणगर्ने बेलामा असम्बैधानिक संधि सम्झौताहरू गरेर देश लिलामि पार्ने एमाओवादीको योजनाले लामो समय टिक्न नसक्ने भएपछि बेमौसमी खहरेपनि सुक्यो । अव धेरै कुरा के गरौा मुलुक संघीयतामा गईसक्दापनि राजतन्त्रको वकालत गर्ने झिनामसिना दलहरू आफ्नै कारणले विलिनको संघारमा छन् । यता पछिल्लो समयमा विदेशी प्रभुले थोपरिदिएको पैसाको बलमा जातिय हिंसा फैलाउन जन्मिएको अशोक राईको जातीय पार्टी पनि निर्वाचन पछि सदाका लागि विश्राम लिदै छ, यो वास्ताविक यथार्थ पनि हो ।
अव काम गर्दागर्दैपनि गालिको पात्र बनेको नेकपा एमाले पहिलो संविधानसभा निर्वाचनको हार संगै केहि खच्किएपनि जनताको बहुदलिय जनवादमा कटिबद्ध हुनु एमालेको सकारात्मक पाटो हो । पहिलो पटक २०५१ सालमा स्व.मनमोहन अधिकारीको नेतृत्वमा गठित बहुमतको सरकारले उपलब्धीमुलक र जनतालक्षित काम गरेर पाएको लोकपृयतालाई जिवन्त राख्न घोषणा पत्रमा समेटेका हरेक मुद्धाहरू सुहाउदा छन् । विडम्बना मुलुकमा कामनर्गेहरूको खुट्टातान्ने प्रवृतिका कारणले मुलुक समृद्ध बन्न सकेन । पहिलो संविधानसभाले जनताको संविधान दिन सकेन । संविधान बनोस पनि कसरी ? ठुलो दल बनेको एमाओवादीले साावा अक्षर छुट्याउन नजान्ने, हत्या, आतंक र सर्वोच्च अदालतले अपराधि ठहर गरि सर्वस्वसहित जन्मकैद सजाय तोकिएका हरूलाई प्रतिनिधित्व गराएको र त्यस्तै जालि फटाहा हरूलाई गत निर्वाचनमा चुन्दाको परिणाम आज जनताले भोगिरहेका छन् । भन्न खोजिएको कुरा के हो भने, जनताले दक्ष र राष्ट्रप्रेमी व्यक्ति संविधानसभामा पुर्‍याएनन् अनि संविधानकोमात्र अपेक्षा गरिरहे । संविधानसभा विघटन भयो, मुलुकमा शान्ति र संविधान नचाहाने कु तत्वहरूका कारण संविधान बनेन अनि जनताहरू चिया गफमा एमालेलाई तथानाम गालि गर्छन । हुनत नेपाली समाजका दिग्दजहरू नेकपा एमालेलाई आफु अनुकुलको स्थानमा राखेर व्याख्या गर्छन । एमालेको कुरा काट्छन्, उपहासको पात्र बनाउछन् । तर नेकपा एमाले जनता माझ सहि र लोकपृय पनि छ । जनताले आफ्नो आाखाबाट नहेरेर एमालेको शैद्धान्तिक ठााउमा वसेर सोच्ने हो भने नेकपा एमालेका हरेक मुद्धाहरू असल र जनतामैत्री छन् ।
त्यसैले अव जनता सचेत हुने बेला आएको छ । किन भने जनता सचेत भएर नेता चुनेमात्र (एमालेलाई विजयी) गराएमात्र राष्ट्रले स्थायी शान्ति र संविधान पाउन सक्छ । मुलुक यतिवेला निर्वाचनमय भएको छ । पहिलो संविधानसभा विर्नाचनमा दक्ष प्रतिनिधि चुन्न नसकेका कारण दोश्रो निर्वाचनको महत्व बढेर गएको छ । जनताको भाग्य र भविश्य निर्माणगर्न जनताको लागि यो ऐतिहाासिक महत्वपनि हो । निर्वाचन संघारमा रहादा विश्वमै नयाा तरङ्ग फैलिएको छ । मंसिर ४ नजिकिदै गर्दा नेपातामा भन्दा कार्यकर्ताहरूमा चर्को खटपटि सुरुभईरहादा उम्मेदवारहरूपनि सर्वसाधारणहरूलाई खोक्रा आदर्शका कुराहरू खारेर आफ्नो पक्षमा माहौल खडा गरिरहेका छन् ।
पहिलो निर्वाचनमा झुठ बोलेर जितेको एमाओवादी झुठलाई ढाकछोप गर्दै फेरी हात जोड्दै जनतामाझ पुगेको छ । यतिवेला नेताहरू जनताको घर–घरमा पुगिरहेको अवस्था छ । कोहि उम्मेदवार नयाा छन् भने कोहि पहिलो निर्वाचन जिते पश्चात जिनतालाई सविधानदिन नसकेर कृष्ण अविरलको भाषामा ‘दाउरे चुला माथिको छानो जस्तो’ अनुहार लिएर आएका छन् । अव जनताले असल उम्मेदवार र छोटो समय काम गरेर लोकपृयता कमाएको पार्टीको पहिचान गर्नेबेला आएको छ ।पहिलो निर्वाचन एमाओवादीले जनतालाई डर, धाक, धम्किको भरमा सम्पन्न भएको थियो र दोश्रो निर्वाचन पनि एमाओवादीलेनै निर्वाचन असफल बनाउन खटाएको ड्यास माओवादीको आतंकले सहज छैन भनेर जनताले अनुमान गर्न थालेका छन् । आतंककै भरमा फेरीपनि झुठको खेती गरेर भएपनि एमाओवादी फेरीपनि चुनाव जित्ने दाउमा छ । उनीहरूले पार्टीको वास्ताविक नीति र सिद्धान्त भन्दा फरक आस्वासन दिएर भोट मागिरहेको अवस्थापनि छ । तर त्यसको ईतिहास हेर्ने हो भने जनता माझ घोषणा गरेका करिव ५ प्रतिशत काम पनि गरेका छैनन् । यीनै फटाहा हरूको कारण नेपाली समाज खोक्रो आदर्शबाट मुक्त छैन । त्यसैले दलहरूले महत्वकाँक्षि योजना ल्याएर पूरा गर्न नसकि सभ्य होईन उच्छृङ्खल समाज बनाए । यिनिहरूले ल्याएको महत्वकााक्षि योजनाहरू संकास्पद छन् । कोरा कल्पना अगाडी सारेर जनता ठग्न वानि परेका एमाओवादी नेताहरूबाट सावधानी अपनाउने बेला आएको छ । वेमौसमी खहरे एक पटक आउछ, पटक पटक आयोभने त्यसले जन धनको क्षेति गर्छ । त्यसैले बेमौसमी खहरे एमाओवादीलाई जिताउनु भनेको बेमौसमी सुनामि निम्त्याउनु हो ।
आफ्नै व्यस्तताले जनतालाई दिएका बचन पुरा गर्न नसक्नेलाई जिताउनुपर्छ भनेर अनुमानको खेती गर्नुभन्दापनि वास्तविक बालवालिका, युवा, बृद्धबृद्धा, महिला, दलित, सिमान्तकृत, आदिवासि जनजाति, पिछडिएको, भुमिहिन, सुकुमबासि, मजदुर र आम नेपाली जनताको लोकपृय पार्टी नेकपा एमालेलाई विजयी गराऔा । शान्ति र संविधान नचाहाने व्यक्ति र दललाई भोट दिएर दुर्लभ रूपमा पाएको मत हाल्ने अवसर खेर नफालौा र आफ्नो अमुल्य मत लिलामि नगरौँ ।

प्रतिक्रिया