राहदानीको देउसीभैलो कार्यक्रम

Rahadaniकाठमाडौं : साविधान सभाको चुनाव होस, साविधान बनोस, सबै नेपाली चलचित्र सफल होउन जस्तो कामना गर्दै चलचित्र ‘राहदानी’ युनिटले बिहिबार काठमाडौंको कलाकी हलमा देउसी खेलेको छ ।
तिहारको प्रसाग समेटिएको सो चलचित्रको एउटा मारुनी गीतको सो सार्वजनिक कार्यक्रममा देउसी खेलेर तिहारको स्वागत गरिएको हो ।
डा. गोबिन्द कुसुमको रचना, बसन्त सापकोटाको सागीत र निशा देसारको स्वर रहेको सो गीतको भिडियो कार्यक्रममा सार्वजनिक गरिएको थियो । मुलुक जोगाउन सास्कृति जोगाउनु आबस्यक भएको बताउादै राहदानीको सल्लाहकार एवा गीतकार डा. गोबिन्द कुसुमले तिहारको देउसी भैलो सागै राहदानीमा मारुनी गीत राखिएको बताए ।
यस्तै आफुलाई तीनओटा गीत मध्य मारुनी रोजेर सागीत गरेको सागीतकार बसन्त सापकोटाले जानकारी गराए । पूर्वी नेपालमा प्रचलित यो मारुनी कालजायी गीत बनेको पनि सापकोटाले प्रकाश पारे ।
मारुनी गाउने चाहना बिगतमै भएपनि चलचित्र राहदानीबाट आफ्नो सो चाहना पुरा भएको गायिका निशा देसारले बताईन् ।
यो चलचित्रको देशव्यापी प्रदर्शनी २७ चैतबाट गरिने चलचित्रको प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकालले कार्यक्रममा जानकारी गराए । चलचित्रको निर्माण कार्य कात्तिकमै पुरा हुने र मासिरबाटै विभिन्न ठाउामा च्यारिटीको रुपमा बिशेष प्रदर्शन कार्य सुरु गरिने पनि ढकालले जानकारी गराए ।
बैदेशिक रोजगारमा नेपालीहरुले भोग्नु परेको पीडालाई चलचित्रमा मुख्य कथा बनाएर प्रस्तुत गरिएको यसका देखक एवा निर्देशक डव्बु क्षेत्रीले कार्यक्रममा प्रकाश पारे ।
चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरीले लामो समय देखि राग पत्रकारिता गर्दै आएका डब्बु क्षत्रीले सोही अनुभवलाई सागालेर पक्कै राम्रो चलचित्र बनाएको हुनुपर्ने धारणा राखे । अर्का पत्रकार शान्तिप्रियले सञ्चारकर्मीले बनाएको राहदानीले दर्शकलाई न्याय गर्ने विश्वास आफुले लिएको बताए ।
दयाहाङ राइ, अशोक रिजाल, नविन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेत सहितको अभिनय रहेको राहदानीको छायााकार रामशरण उप्रेती र नृत्य निर्देशक राजु शाह हुन् । जसको छायााकन मलेशियामा समेत गरिएको छ ।

प्रतिक्रिया