‘सुशील’का ‘बागी’ ‘विकास’ माहोल बनाउँदै

Bikash-Koirala-Bagiचितवन, ४ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाका ‘बागी’ उम्मेदवार तथा निवर्तमान सभापति विकास कोइरालाले चितवनको क्षेत्र नम्बर चारमा घरदैलो अभियानलाई जोडतोडले सुरु गरेका छन् ।
पार्टीबाट टिकट नपाए पछि सुशील विरुद्ध विकासले स्वतन्त्रबाट चार नम्बर क्षेत्रमा ‘बागी’ उम्मेदवारी दिएका छन् । आफ्नो क्षेत्र अन्तर्गत गीतानगर, मंगलपुरलगायतका क्षेत्रमा घरघरमागई उनले मत मागेका छन् ।
भरतपुरबाट र्‍यालीसहित निश्किएको प्रचार टोली पश्चिम चितवनका विभिन्न भागमा समेत पुगेको छ । विकासको चुनावी अभियानमा चितवन कांग्रेसका अधिकांश युवाहरुको सहभागिता रहेको छ ।
घरदैलो अभियानपछि गीतानगरमा आयोजित सभामा स्वतन्त्र उम्मेदवार विकासले आफ्नो उम्मेदवारी न्याय, युवा र समाज परिवर्तन एवं पद्वति विकासका लागि भएको बताए ।
‘चितवनका मतदाताले मलाई नै मत दिने छन्,’ उनले भने, ‘मेरो जित सुनिश्चित छ ।’

प्रतिक्रिया