अमेरिकाद्वारा यमन निर्वाचनको प्रशंसा

एजेन्सी

साना, १० फागुन । यमनमा मङ्गलबार शान्तिपूर्ण रूपमा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको भन्दै अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले विज्ञप्तिमार्फत निर्वाचन प्रक्रियाको प्रशंसा
गरेकी हुन् ।
यमनका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहको ३३ वर्षे एकछत्र शासनपछि पहिलोपटक निर्वाचन भएकामा अमेरिकाले खुसी व्यक्त गरेको छ । साथै उसले निर्वाचनलाई ‘ऐतिहासिक कार्य’को संज्ञासमेत दिएको छ ।
विदेशमन्त्री क्लिन्टनद्वारा जारी विज्ञप्तिमा निर्वाचनपछि यमनी नागरिकले प्रजातान्त्रिक शासन पद्धति र शान्ति हासिल गर्ने आशामा अमेरिका रहेको उल्लेख गरेकी छिन्, ‘यमनमा जारी प्रजातान्त्रिक अभियानका क्रममा मङ्गलबारको निर्वाचन महत्वपूर्ण कदम हो । निर्वाचनमा यमनी नागरिकले मतदानजस्तो प्रजातान्त्रिक अधिकारको प्रयोग गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ । आगामी दिन यमनमा राजनीतिक एवम् संवैधानिक सुधारका लागि धेरै काम गर्न बााकी रहेकाले यसका लागि सबैको सकारात्मक पहल आवश्यक रहेको विज्ञप्तिमा औाल्याइएको छ ।
यमनमा पूर्वराष्ट्रपति सालेहको शासनविरुद्ध गत वर्षको सुरुदेखि आन्दोलन सुरु भएको थियो । महिनौा लामो आन्दोलन हिंसात्मक
बन्दै गएपछि दुई महिनाअघि राष्ट्रपति सालेहले शक्ति हस्तान्तरण गरेका थिए ।
सालेहविरोधी आन्दोलन चर्किादै जाादा यमनमा युद्धको खतरा बढेपछि अरब लिगको प्रस्तावमा सहमति जनाउादै सालेह सत्ता हस्तान्तरण गर्न सहमत भएका थिए । मङ्गलबारको निर्वाचन उनकै उत्तराधिकारी छनोट गर्नका लागि भएको थियो । निर्वाचनका क्रममा झडप हुादा पााच सैनिकले ज्यान गुमाएका थिए ।
अमेरिकी विदेशमन्त्री क्लिन्टनले यमनमा आर्थिक विकास, पुनर्निर्माणका साथै राजनीतिक स्थायित्वका लागि अझै सङ्घर्ष गर्न आवश्यक रहेको बताएकी छन् ।
साथै, उनले आगामी दिनमा यमनलाई अमेरिकाले विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वव्यापी समस्याका रूपमा रहेको अलकायदाको आतङ्कवादी क्रियाकलापविरुद्ध यमन सरकारलाई साझेदार राष्ट्रका रूपमा लिन अमेरिका इच्छुक रहेको उल्लेख गरिन् । साथै उनले यमनको आर्थिक, पूर्वाधार एवम् मानवीय विकासमा सहयोग गर्न विश्व समुदायसाग आग्रहसमेत गरेकी छन् ।

प्रतिक्रिया