शर्मा सरकार बिरुद्ध सर्वोच्चमा

Maya Kumari Sharmaकाठमाडौं, १४ असोज । राजदूतबाट हटाइईएकी मायाकुमारी शर्माले सर्वोच्च अदालतमारिट दायर गरेकी छन् ।
मर्यादा विपरीतको कार्य गरेको भन्दै सरकारले एकसाता अघि शर्मालाई नेपालका लागि कतारको राजदूतबाट बर्खात गरेको थियो । आफूलाई बर्खास्त गरेर सरकारले अन्याय गरेको दाबी गर्दै शर्माले सर्वोच्चमा आज (सोमबार) रिट दायर गरेकी हुन् ।
रिटमा मायाकुमारीले आफूलाई कुनै आधार विना गैरकानूनी ढंगले आफूलाई सरकारले हटाएको भन्दै निर्णय खारेजको माग गरेकी छन् ।
कतार सरकारले नै शर्मालाई फिर्ता बोलाउन सरकारले दबाव दिएपछि मन्त्रिपरिषद्ले राजदूत पटबाट बर्खास्त गरेको थियो ।

प्रतिक्रिया