नेकपा–माओवादीपनि विदेशीबाट सञ्चालित

Chitra-Bahadur-KC-Dailekhaकाठमाडौं, ११ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार राजनीतिक शक्ति जस्तै नेकपा–माओवादीपनि विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाको दैलेख–काठमाडौं सम्पर्क समितिले आज (शुक्रवार) राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले नेकपा–माओवादीपनि चार राजनीतिक शक्ति झैं विदेशीको षड्यन्त्रमा फसेको बताए ।
उनलेनेपालका अधिकांश राजनेता विदेशी शक्तिले चलाएको दाबी गरे । ‘अब निर्दलीय सरकार र संक्रमण अन्त्य गरेर मुलुकलाई अघि बढाउन निर्वाचन हुनै पर्छ,’ केसीले भने ।
बाह्य शक्तिको आडमा चार राजनीतिक शक्तिले अरु दललाई वेवास्ता गरेको बताएका अध्यक्ष केसीले सबैलाई मिलाएर जानुपर्ने बताए ।

प्रतिक्रिया