काठमाडौं, ११ असोज । गोपीकृष्ण मूभिज् (प्रा)लि.का मालिक उद्धव पौडेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले आगामी चुनावमा टिकट दिएको छ ।
राप्रपा नेपालबाट पौडेललाई काठमाडौं क्षेत्र नम्वर–४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनेका छन् । सोही क्षेत्रमा उनको गोपीकृष्ण मूभिज्का चलचित्र भवनहरु छन् । राजसंस्थासँग झुकाव राखेकै कारण पौडेल राप्रपा नेपालमा प्रवेश गरेको जनाईएको छ ।
पौडेललाई काठमाडौं–४ मा उम्मेदवार बनाएको राप्रपा नेपालका प्रचार–प्रचार विभागका प्रमुख राजाराम श्रेष्ठले जानकारी दिए । ‘सामाजिक कार्यमा राम्रो पहिचान बनाएका उद्धव पौडेललाई काठमाडौं–४ मा उम्मेदवार बनाएका छौं,’ श्रेष्ठले भने, ‘पौडेल राम्रो सम्भावना बोकेका उम्मेदवार हुन् ।’
पौडेल दुई महिना अघि मात्रै राप्रपा नेपालमा प्रवेश गरेका थिए । आगामी चुनावमा प्रत्यक्षमा उम्मेदवार बन्न पाउने भए पछि पौडेल सो पार्टीमा प्रवेश गरेका हुन् ।
गोपीकृष्ण मूभिज् (प्रा)लि.को अध्यक्ष रहिसकेका पौडेलले परिवारका अन्य सदस्यलाई सो पदमा राखेका छन् । टिभि फिल्मीपनि उनैको हो ।
पौडेलले कुसुमे रुमाल, गोपीकृष्णलगायतका दर्जन बढी नेपाली चलचित्र निमार्ण गरिसकेका छन् ।
प्रतिक्रिया