काठमाडौं, १६ भदौ । कांग्रेस सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खलन आ–आफ्ना गृह जिल्लाबाट संविधानसभा निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् ।
कांग्रेसको जिल्ला कार्यसमिति बाँकेले सभापति कोइरालालाई क्षेत्र नम्वर एकमा उम्मेद्वार बनाउने केन्द्रमा सिफारिस गरेको छ । संविधानसभा निर्वाचन मंसिर–४ मा हुँदै छ ।
यस अघि कोइराला क्षेत्र नम्वर तीनबाट उम्मेद्वार बनेका थिए । कोइराला अघिल्लो संविधानसभामा पराजित भएका थिए ।
यसैबीच, एमालेको इलाम कमिटीले अध्यक्ष खनाललाई एक नम्वर क्षेत्रमा उम्मेद्वार बनाउन प्रस्ताव गरेको छ । अध्यक्ष खनालको गृह जिल्ला इलाम हो । यस अघि पनि खनाल सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया