यौन दुराचार : गुरु आशाराम पक्राउ

Asharam Bapuनयां दिल्ली, १६ भदौ । नाबालिका बलत्कारको अभियोगमा प्रहरीले भारतीय आध्यात्मिक गुरु आशाराम बापूलाई प्रहरीले पक्राउ गरेको छ ।
यौनशोषणको आरोपमा आध्यात्मिक गुरु आशारामलाई भारतीय प्रहरीले हिरासतमा लिएको हो । शनिबार राति इन्दौरस्थित आश्रमबाटै आशारामलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हिरासतमा लिनुपूर्व जोधपुर प्रहरीले आशारामसँग बयान लिएको थियो । समर्थकको विरोधका बाबजुद पनि प्रहरीले आश्रम घेरेर आशारामलाई नियन्त्रणमा लिएको हो ।
यौन दुरव्यवहारको आरोप लागे पछि आशारामका समर्थकले पत्रकारहरुमाथि समेत आक्रमण शुरु गरेका थिए ।
राजस्थानको आश्रममा आशारामले आफूमाथि यौन दुराचार गरेको भन्दै १६ वर्षीया एक बालिकाले जोधपुरमा जाहेरी दिएपछि उनी संकटमा घेरिएका हुन् ।
आध्यात्मिक गुरुले यौन दुराचार आरोप अस्वीकार गर्दै आएका छन् । आशारामलाई कारबाहीको माग राखेर बालिकाका बाबुले अनशन समेत गरेका थिए । उनको अनशन तोडिएको छ । (एजेन्सी)

प्रतिक्रिया