मंसिर–४ विरुद्ध कुनै सहमति हुँदैन : सिंह

Prakashman-Shingकाभ्रे, २८ साउन । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मंसिर–४ गतेको संविधानसभा निर्वाचनलाई असर गर्ने कुनै पनि सहमति वा सम्झौता नहुने बताएका छन् ।
काभ्रेको थुमखर्कमा आज (सोमबार) आयोजित कार्यक्रममा महामन्त्री सिंहले निर्वाचनलाई असर पुग्ने गरेर कुनै सम्झौता नहुने बताए । ‘आन्दोलनरत दलहरुका माग पुरा गर्न लचकता अपनाउँछौं,’ उनले भने, ‘सहमतिका नाममा निर्वाचनलाई असर पुग्ने कुनै पनि सम्झौता हुँदैन ।’
लोकतान्त्रिक मूल्य र मान्यताका लागि निर्वाचन अनिर्वाय रहेको उनको भनाई छ । सिंहले नेकपा–माओवादीलाई निर्वाचन विरोधी हठ्त्यागरेर चुनावको तयारी गर्न सुझाव दिए ।
भारतको औपचारिक भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महामन्त्री सिंहले नेकपा–माओवादीले अघि सारेको निर्वाचन सार्ने प्रस्ताव मान्न नसकिँने संकेत गरेका छन् ।
महामन्त्री सिंहले दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउन अपील गरे । ‘लोकतान्त्रिक संविधानका लागि कांग्रेसको जित अनिर्वाय छ,’ उनले भने, ‘एमाओवादीले गर्न नसकेको काम कांग्रेसले गर्छ ।’

प्रतिक्रिया