एमाओवादी विखण्डनको मार्गमा : नेपाल

Madhav-Nepalरौतहट, २१ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जातजातीका सस्तो नारा दिएर एकीकृत माओवादीले मुलुकलाई विखण्डन तर्फ उन्मुख गरिरहेको आरोप लगाएका छन् ।
दश बर्षे जनयुद्धबाट प्राप्त जनमतलाई दुरुपयोग गर्दै एकीकृत माओवादी सत्ताकब्जाको नीतिबाट अघि बढिरहेको आरोप नेपालले लगाए । उनले जनजातिहरुलाई गुलिया कुरा गरेर एमाओवादीले झुक्काई रहेको बताए ।
गृह जिल्ला रौतहटमा आज (सोमबार) प्रेस चौतारीले गौरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दोश्रो संविधान सभाको चुनावबाट पनि देशमा नयाँ संविधान बन्न नसके जनमत संग्रहमा जानु पर्ने बताए । उनले देशलाई निकास दिने एकमात्र विकल्प जनमत संग्रह रहेको बताए ।
नेता नेपालले विश्वको इतिहाँसमा नेपालमा पहिलो पटकको संविधानसभा निर्वाचनबाट नयाँ संविधान बन्न नसकेको दाबी गरे । ‘पटक–पटक मुलुकमा संविधान सभाको निर्वाचन हुने अनि त्यसले निकास नदिने,’ उनले भने, ‘अबको बिकल्प भनेको जनमत संग्रह नै हो ।’
उनले मुलुकलाइ एकताको सुत्रमा गाभ्न बहुपहिचानसहितको संघीयतामा जानु पर्ने बताए । उनले जातीय राज्यले मुलुकलाई सहयोग नगर्ने बताए ।

प्रतिक्रिया