काठमाडौं, २० साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र कांग्रेस नेता शेरबहादुर देउवावीच भेटबार्ता भएको छ ।
काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासमा आज (आइतबार) भएको भेटमा संविधानसभा निर्वाचन र गोलमेच सम्मेलन लगायतका विषयमा छलफल भएको हो । भेटमा अध्यक्ष बैद्यले निर्वाचन सार्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
‘निर्वाचन सारेर दलीय सरकार बनाएर चुनावमा जानु पर्छ,’ बैद्यको प्रस्तावका बारेमा स्रोतले भन्यो, ‘यथाअवस्थामा निर्वाचनमा जान सकिँदैन ।’
निर्वाचनमा भाग नलिने जनाएको नेकपा–माओवादीले गोलमेच सम्मेलन वा सर्वदलीय बैठकको माग गर्दै आएको छ ।
प्रतिक्रिया