कांग्रेससंग नयां सहमति गर्न प्रस्ताव

Mohan-Baidhyaकाठमाडौं, १९ साउन । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले मंसिर चार गतेको संविधानसभा निर्वाचन सार्न प्रमुख राजनीतिक दलहरु तयार भए मात्रै आफूहरु चुनावमा सहभागी हुने दोराएका छन् ।
महाराजगञ्जमा आज (शनिबार) कांग्रेस सभापति सुशील कोइरालासंगको भेटका क्रममा अध्यक्ष बैद्यले निर्वाचन सार्न प्रस्ताव गरेका हुन् । ‘मंसिर चार गतेको निर्वाचन सार्न प्रमुख दलहरु तयार भएमा मात्रै हामी चुनावमा भाग लिन्छौं,’ बैठक पछि सञ्चारकर्मीसंग अध्यक्ष बैद्यले भने ।
उनले निर्वाचन सारे पछि वर्तमान सरकारलाई हटाई दलीय सरकार बनाउन पनि प्रस्ताव गरेका छन् । अध्यक्ष बैद्यले दलहरुका वीच नयां सहमति आवस्यक रहेको पनि बताए । वर्तमान सरकारले गर्ने निर्वाचनमा आफूहरु सहभागी हुन नसक्ने उनको भनाई छ ।
जवाफमा कांग्रेस सभापति कोइरालाले आफूहरु सबै दललाई निर्वाचनमा सहभागी गराएर जान तयार रहेको बताए । ‘सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउनु पर्छ,’ उनले भने, ‘सबैका जायजमाग पुरा हुनु पर्छ ।’
कोइरालाले मंसिर चार गतेको निर्वाचन सार्न नहुंने स्पष्ट पारे । उनले मुलुकलाई निकास दिन निर्वाचन अनिर्वाय रहेको बताए ।

प्रतिक्रिया