भारतीय विदेशमन्त्री खर्सिद काठमाडौंमा

Salman Kursid Indianकाठमाडौं, २५ असार । भारतीय विदेशमन्त्री सलमान खुर्सिद व्यस्त कार्यसूचीसहित नेपाल भ्रमणका लागि आज (मंगलबार) काठमाडौं आइपुगेका छन् ।
काठमाडौं आईपुगेका विदेशमन्त्री खुर्सिदले नेपाली समकक्षी गृह एवं परराष्ट्रमन्त्री माधव घिमिरेसँग भेट गरेका छन् । भेटमा दुईपक्षीय सम्बन्धलगायतका बारेमा परामर्श भएको स्रोतले जनाएको छ ।
विदेशमन्त्री खुर्सिदले राष्ट्रपति, अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता र विभिन्न पक्षसँग पनि भेटगर्ने कार्यक्रम छ ।
नेपाललाई नजिकबाट हेर्दै आएको भारतीय पक्षले संविधानसभा निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न आफ्नो विदेशमन्त्री खुर्सिदलाई काठमाडौं पठाएको हो । खुर्सिद आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
भारतीय विदेशमन्त्री खुर्सिदको भ्रमणलाई मध्यनजर गरेर सुरक्षा निकायले उच्चसर्तकता अपनाएको छ । खुर्सिदका कार्यक्रम स्थललाई उच्च सुरक्षा प्रदान गरिएको स्रोतको भनाई छ ।

प्रतिक्रिया