दुर्घटनामा छोरी र श्रीमतिको मृत्यू

saptariराजविराज, १ असार । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको पन्सेरामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा एकजना गम्भीर घाईते भएका छन् ।

स. ३ प ६५२१ नम्बरको मोटरसाइकललाई ना. २ ख ६९६४ नम्बरको ट्रकले आज (शनिबार) ठक्कर दिँदा दुई जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा मोटरसाईकलमा सवार सिरहा गोविन्दपुर–७ का अमर अलीकी ६ महिने छोरी सोयल र उनकी २० वर्षीया पत्नी रुकसना खातुन रहेका छन् ।

गम्भीर घाइते अमर अलीको उपचार भईरहेको छ । ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया