होस्टलमा कलाकारका दुई पुस्ता

Hostel-Tarunis-souryadailyकाठमाडौं  : पहिलो पुस्ता अर्थात् सदावहार अभिनेता भुवन केसी, निर्देशक शोभित बस्नेत, कलाकार टीका पहाडी र दोस्रो पुस्ता अर्थात् यी कलाकारका सन्तान अनमोल केसी, सलोन बस्नेत र गौरव पहाडीका एकसाथ अभिनय रहेको चलचित्र होस्टल तयार भएको छ । चलचित्र निर्माण युनिटले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्र प्रदर्शन हुने दिन सार्वजनिक गरेको छ । चलचित्रको प्रोमो तथा पोस्टरको फस्टलुकसमेत सार्वजनिक गरिएको कार्यक्रममा १४ भदौलाई तोकिएको जानकारी गराइयो ।
‘तुरु रुतु…बोलको गीतसमेत देखाइएको कार्यक्रममा  चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीलगायतले ‘होस्टेल’को व्यावसायिक सफलताका लागी शुभकामना दिए । यसअघि सायद चलचित्र निर्माण गरेर चर्चामा आएका निर्माता तथा कलाकार सुनील रावलले यसलाई निर्माण गरेका हुन् ।
दुर्गिस फिल्मस्को दोस्रो प्रस्तुति होस्टेलमा अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, रिस्ता बस्नेत, प्रकृति श्रेष्ठ, सिन्चना थापा, शिशिर भण्डारीलगायतको मुख्य भूमिका छ । चलचित्रमा भुवन केसी, शोभित बस्नेत र टीका पहाडी अतिथि रोलमा छन् ।
युवापुस्तालाई लक्ष्य गरी निर्माण गरिएको चलचित्रमा ‘केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ भन्ने चलचित्रको संवादको चर्चा छ । चलचित्रको छायाकार हरि हुमागाइँ हुन् भने द्वन्द्व अष्ट महर्जनले दिएका छन् । (सौस)

प्रतिक्रिया