′सरकारको आलोचना गर्ने बेला भएको छैन′

Jhalnathकाठमाडौ, ११ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सबै राजनीतिक दलहरुबीच सहमति नभए बहुमत दल भएपनि निर्वाचनमा जानुपर्ने बताएका छन् ।
काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आज (शनिबार) पत्रकारसँग कुरागर्दै उनले केहि राजनीतिक दलले निर्वाचनको विरोध गरेपनि बहुमत दलहरु चुनावको पक्षमा रहेकाले यसैलाई राष्ट्रिय सहमति मानेर अघि बढ्नुपर्ने भनाई व्यक्त गरे । देशलाई संकटबाट मुक्त गराउन निर्वाचन एक मात्र विकल्प रहेको उल्लेख गरे । सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका अध्यक्ष खनालले भने, ‘सरकार आफ्नो उद्धेश्यबाट चिप्लदै गएको छ । दलहरुबीचको समन्वय अभावका कारण पनि यस्तो देखिएको हो ।’ सरकार निर्वाचन गराउन प्रयत्नशिल रहेकोले अहिले नै आलोचना र विरोध गर्नु पर्ने आवश्यकता नभएको खनालले बताए ।
चार दल प्रतिबद्ध भएर अघि बढेमात्रै निर्वाचन हुन सक्ने भन्दै चारदलबीच एकता र समझदारी भए निर्वाचनको बातावरण बन्ने उनले स्पष्ट पारे । खनालले नेकपा–माओवादी र फोरम नेपालसँग आफूले वार्ता गरेको उल्लेख गर्दै यी दुई दलसंग छिट्टै सहमति बन्न सक्ने विश्वास व्यक्त गरे । उनले थ्रेसहोल्डा पक्षमा एमाले अडिग रहेको स्पष्ट पारे ।

प्रतिक्रिया