′एमाओवादीको भण्डाफोर गर्नु आवश्यक′

KP Oliभोजपुर, २१ बैशाख । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादी सत्ताकब्जाको षड्यन्त्रमा लागेकोले माओवादी नेतृत्वको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।
भोजपुरमा आज आयोजित एक कार्यक्रममा उनले सत्ताकव्जा गरेर तानाशाही व्यवस्था लाद्ने माओवादी प्रयासकै कारण देश संकट तर्फ धकेलिदै गएको आरोप लगाए ।
जातीय पहिचान र संघीयको मुद्वामा आदिवासी जनजातिलाई प्रयोग गरेर माओवादीले देशमा साम्प्रदायिक दंगा गराउन खोजेको दावी गर्दै नेता ओलीले आगामी संविधानसभाको चुनावबाट माओवादीको हैसियत जनताले देखाईदिने बताए । संविधान निर्माण गर्ने पार्टीलाई दुईतिहाई भन्दा बढी मतका साथ जिताउन ओलीको आग्रह थियो । जनतामाझ झुठा सपना बाँडेर सत्तामा पुगेको माओवादीले देशलाई विखण्डनतर्फ मात्र लान खोजेको ओलीले आरोप लगाए ।

प्रतिक्रिया