पूर्व राजा शाह परिवारसहित स्वदेश फिर्ता

Gyanendra-shahaकाठमाडौं, ८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह बैंककबाट आज सपरिवार स्वदेश फर्किएका छन् ।
हृदयघातका कारण अस्पताल भर्ना भएका छोरा पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन उनी बैंकक गएका थिए । उनीसँगै पूर्वरानी कोमल, पूर्व युवराज्ञी हिमानी र जेठी नातिनी आएका छन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरागर्दै उनले छोरा पारसको स्वास्थ्यमा सुधार हुँदै आएको जानकारी दिए । ‘उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ,’ पूर्व राजा शाहले भने, ‘हाल उनलाई पुन:स्थापना केन्द्रमा राखिएको छ ।’
स्वास्थ्य अवस्थामा थप सुधारपछि मात्रै पारस स्वदेश फर्कने उनले बताए । गत फागुन–८ गते हृदयाघात भएपछि पूर्व युवारज पारस शाहलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया