काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालकोविरुद्ध खरो बोलेर चर्चामा आएकी सोही पार्टीकी नेतृ रामकुमारी झाँक्री आज अध्यक्ष नेपालसँग एउटै मञ्चमा देखा परेकी छन् ।
आज कीर्तिपुरमा आयोजित समाजवादी अखिलको बैठकमा प्रमुख अतिथि अध्यक्ष नेपाल थिए । यो कार्यक्रममा रामकुमारी पनि सहभागी भएकी हुन् । उनी यो संगठनकी इन्चार्ज समेत हुन् ।
अध्यक्ष नेपालमाथि पतञ्जली योगपीठको जग्गा घोटालामा मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन् ।
उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’ बताएकी थिइन् । यसमा पार्टीको अनुशासन आयोगले असार १७ गते झाँक्रीलाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेकोमा नदिएपछि असार २४ गते ७ दिन म्याद थपिदिएको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया