सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायी

काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ विभिन्न माग राखेर आन्दोलित छन् । नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आज काठमाडौंमा ऱ्यालीसहित कोणसभा कार्यक्रम गरे ।

हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायत माग उनीहरुका छन् ।

सुनमा लगाइएको २ प्रतिशत विलासी कर पनि खारेज गर्नुपर्ने उनीहरुको माग छ । यसैगरी भक्तपुरका सुनचाँदी व्यवसायीले सिठी जुलुस आयोजना गरेका छन् ।

प्रतिक्रिया