काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
आज बिहीबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली मलेसियाले फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको सामान्य लक्ष्य दिएको थियो । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ९० रनमा समेटिएको हो ।
जवाफी ब्याटिङमा उत्रेको नेपालले एक विकेट गुमाउँदै ११.४ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५९ रनमा अविजित रहे ।
शिवान्श बजगाईं २२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे । ओपनरका रुपमा मैदानमा आएका प्रसिद्ध जैसी २ रनमा आउट भए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए ।
त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।
मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई सहज लक्ष्यतर्फ डोर्याउन शुभम् खनालले ४ विकेट लिए । सचिन भट्टले २ विकेट हात पार्दा विपिन शर्माले एक विकेट लिए।
मलेसियाका लागि सातौँ क्रमका ब्याटर मोहमद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाउँदा कप्तान डियान पट्रोले १० रनको योगदान दिए । बाँकी ९ ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
४ रन बनाउँदा २ विकेट गुमाएको मलेसियाले ३५ रन बनाउँदै ५ विकेट गुमाएको थियो । त्यसपछि पनि लगातार विकेट पतन रोकिएन। मुइनले लामो इनिङ्स खेल्ने प्रयास गरे पनि लामो साझेदार पाएनन् ।
४६ रन बनाउँदा सातौँ विकेट गयो । ८२ रन बनाउँदा ३७औँ ओभरमा ८ विकेट गुमाएकमो मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भयो । नेपाली युवा टोली समूह ‘ए’ को विजेता बन्दै र मलेसिया समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आजै दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दै छन् । नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।
त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो । उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो । फाइनल खेल शनिबार ५ जुलाई (असार २१) गते हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।
प्रतिक्रिया